दूधमा नेपाल आत्मनिर्भर छ, आयात गर्नु पर्दैनः अध्यक्ष दाहाल

नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १५:१३:१०
लम्पी स्किनको महामारी नै चलिरहे पनि अहिले देशमा दूधको अभाव छैन । दूध छेलोखेलो हुनुका कारण धेरै छन् । त्यसमाथि आज साउन १५ खिर खाने पर्व । यही अवसर पारेर संवाददाता प्रमिला कार्कीले नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसंग गरिएको खिर गफको सम्पादित अंश 'भिडियोसहित '
खिर खाने दिनको लागि दूधको माग कति छ ? अन्य दिनको र अघिल्लो वर्षहरुको तुलनामा
नेपालमा दैनिक ३१ लाख लि.दूध खपत भईरहेको छ । अघिपछि जुन ५० प्रतिशत दूध खपत हुन्थ्यो लगभग १६ लाख लि.। खिर खाने दिनको लागि लगभग त्यसको चार दोब्बर ६० लाख लि .जति दूध खपत हुन्छ । अघिल्लो वर्षको र अहिलेसम्मको तुलना गर्दा यो वर्ष अलि माग कम छ । किनभने अहिलेको विविध कारण मूल्य वृद्धि र आर्थिक मन्दीको कारणले गर्दा यो वर्ष खपत कम हुन्छ कि भन्ने हाम्रो आँकडा रहेको छ ।
आज खिर खाने दिन सबै किसानहरुको घरमा खिर पाक्छ कि पाक्दैन् ?
खिर खाने दिन हाम्रो परपूर्वाकालदेखिनै पूर्खाहरुले बिशिष्ट खिर खाने दिनको रुपमा लिएका छन् । आयूर्वेदिक हिसाबले पनि अत्यन्तै महत्वपूर्ण खानाको रुपमा लिईन्छ । हिजो हाम्रो पूर्खाहरुले चलाएको चलन अनुसार पनि बर्खा याममा हिलोमा काम गर्नुपर्ने चिसो लाग्ने र विरामी हुने भएकाले खिरमा मसला हालेर खाने गरेको पाईन्छ र यसलाई सबैघरमा सबै किसानहरुले खिर खान नसक्ने हुनाले एक दिन चाँहि खिर खाने दिनको उत्सबको रुपमा मनाएको छ । प्रत्येक घरमा नेपालीहरुले खिर खान्छन् ।
उत्पादन भन्दा माग बढी हुँदा किसानहरुले यो विषेश दिनमा आफूलाई नराखी दुध बिक्रि गर्ने गर्छन ?
खिर खाने दिन सबैले उत्सवको रुपमा मनाउने भएकाले पनि यो दिनमा किसानहरुले आफूलाई दूध नराखी बेच्ने गदैनन् । नेपालमा केहि वर्ष अगाडि देखि राष्ट्रिय दूग्ध विकास वोर्डले खिर दिवसको रुपमा पनि मनाउँने गरेको कारणले साउन १५ मा खिर खाने गर्छन् । झन् नयाँ कुरा अहिले विद्यालय,र अफिसहरुमा समेत अरु खाजा नखाई खिर नै खाने प्रचलन आएका्े छ । त्यसले गर्दा हाम्रो मैलिकता बचाउँने काम गरेको छ । आउँने पुस्तालाई हाम्रो मौलिकता परम्परा हो यसले हाम्रो पर्यटकहरुलाई आकर्षण गर्न सक्छ भन्ने बुझाउनुपर्छ ।
हाम्रो देशमा जति पनि उत्पादन भएको कुराहरु छन् सबै खाने दिनको रुपमा छन् । घिउ खाने चाकु खाने ,दहि चामल खाने खिर खाने होस् । सबै खाने कुरा दिन कुनै न कुनै दिन सबैले खाने चलन चलाएको ले खिर खाने दिनको पनि सुरुवात भएको हो । अरु भन्दा खिर खाने दिन अलि बढि आयूर्वेदिक हिसाबले पनि बिशेष रुपमा लिईन्छ रोग प्रतिरोधात्मक शक्ति पनि खिरमा हुने गर्छ । त्यसैले पनि यसको महत्व एकदमै धेरै रहेको छ ।
लम्पी स्कीन रोगका कारण उत्पादनमा असर परेको छ भनिन्छ माग पूरा हुन्छ त ?
लम्पी स्कीनमा विशेषज्ञहरुले राष्ट्रिय दूग्ध विकास वोर्डले मन्त्रालयले पशुपंक्षी विकास विभाग सबैले यो रोग लाग्दा पहिले त दूध नै दिँदैन् बजारमा आउँदैन् र आएपनि खाँदा फरक पर्दैन यो सरुवा रोग होईन् भन्ने कुरा आएको फरक परेको छैन् । दूध अलि कम भएको छ तर साउन १५ लाई भनेर सबै व्यवसायीहरुले एक हप्ता अघिदेखि नै माग अनुसारको तयारी गरी पूर्ति गर्न सक्छौं ।
यस्ता विशेष चाडपर्वलाई लक्षित गरेर कुनै तयारी हुन्छ दूध उत्पादनको ?
किसानहरुले जति गाई भैसीले जति दूध दिन्छ त्यती नै दुध हो । तर त्यसको त्यसको व्यवस्थापन चाँहि उद्योगीहरुले गर्छन् । दूधमा लिन र फ्लस् सिजन भन्ने हुन्छ । फ्लस् सिजनमा दूध बढि भएको हुन्छ । त्यो बेलामा हामी पाउडर दूध बनाएर राख्छौं र त्यसलाई बिशेष माग भएको बेला पाउडर दूध मिसाएर बजारमा लान्छौं । पाउडर दूध दूधबाट नै बन्ने भएकाले त्यो खान उपयूक्त चिज नै हो । त्यसलाई कता कता पाउडर दूध खान हुन्न भन्ने हुन्छ तर त्यो राम्रो दूध नै हो । त्यसरी पु¥याउछौं ।
भारतीय उत्पादन पनि आउँन भाल्यो भन्ने छ नि हो ?
नेपालमा दूग्ध पदार्थ बाहिरबाट ल्याउन पाईदैन् । सय ग्राम भन्दा मुनिको हाम्रो देशमा बन्ने भएकाले त्यसतो ल्याउन चाँहि पाईन्छ भन्ने छ । त्यो भन्दा पाईँदैन् । तर बिभिन्न नाकाहरुबाट र अवैध रुपले भित्रिने गरेको छ । त्यो तत्काल बन्द हुनुपर्छ । स्वदेशमै उत्पादन भएको दुग्ध पदार्थ बिक्रि हुनुपर्छ र बाहिरवाट आयात भएको बजारमा ल्याउन पाउँदैन भनेर सम्बन्धित निकायलाई चिठी लेख्ने काम गरेका छौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे
असोज १, २०८० सोमबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
सुन तस्करी जाँचबुझ आयोगः १० जना प्रतिवादीहरूको बयान सकियो, मंगलबार राहुल महराको पालो
मंसिर १९, २०८० मंगलबार
इजलासको २६ नम्बरमा रहेको टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १९, २०८० मंगलबार
रुकुम हत्याकाण्डका २३ अभियुक्तलाई जन्मकैदको फैसला, प्रेमिकासहित तीन जनालाई दुई वर्ष कैद
मंसिर १९, २०८० मंगलबार
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
मंसिर १९, २०८० मंगलबार
पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क
मंसिर १९, २०८० मंगलबार
एनसेलको शेयर खरिद-बिक्रीपछि उब्जिएका प्रश्न ?
मंसिर १९, २०८० मंगलबार