जुम्लामा जथाभावी औषधि पसल सञ्चालनमा
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १५:१४:११
१५ साउन, जुम्ला । सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधि पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सदरमुकामका आठ मेडिकलमा छापा हानेको बताए ।
उक्त मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएको प्रजिअ घिमिरेले जानकारी दिए । डाक्टरको सिफारिसविनै जथाभावी औषधि वितरण गर्दा बिरामीको ज्यानै जानसक्ने जोखिम हुने भएकाले कानुनी प्रक्रिया पूरा गरी मेडिकल सञ्चालन गर्न निर्देशन दिइएको छ ।
यहाँका कर्णाली मेडिकल हल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको शिव मेडिकल हल, रावत मेडिकल हल, ओम मनिष पोलिक्लिनिक तथा रेफरल सेन्टर, चन्दननाथ औषधि पसल, बुढ्थापा स्वास्थ्य क्लिनिक, लक्ष्मी क्लिनिक र रामारोशन दाँत उपचार केन्द्रमा जिल्लास्तरीय सरोकारवालाको टोलीले अनुगमन गरेको प्रजिअ घिमिरेले बताए ।
दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसलले भारतीय औषधिसमेत बिक्री गर्ने गरेको जनगुनासो आएपछि पहिलो पटक सदरमुकामका मेडिकलमा अनुगमन गरिएको छ । स्थानीय तहमा सञ्चालन भएका सबै मेडिकलमा समेत अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले औषधि पसलको नियमित अनुगमन गर्न आवश्यक रहेको जानकारी दिनुभयो । सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अवैध औषधि पसल खोलेका छन् ।
औषधि पसलले गर्भपतन सेवादेखि खोप सेवासमेत अनुमतिविनै चलाउँदा व्यक्तिको ज्यानै जाने जोखिमसमेत हुने भएकाले प्रशासनले विशेष प्रथामिकतामा राखेर काम गर्नुपर्ने नागरिक समाजका अध्यक्ष महतको भनाइ छ । सदरमुकाममा झन्डै ३२ मेडिकल सञ्चालनमा छन् । सोमध्ये १५ मेडिकल अनुमति नलिइ सञ्चालनमा आएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार