सिटिजन्स बैंकका ग्राहकले दराजमा सामान किन्दा विशेष छुट पाउने
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १५:२४:२३
१५ साउन, काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले दराजमा सामान किन्दा विशेष छुट पाउने भएका छन् । यसका लागी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेडबीच छुट सम्झौतामा हस्ताक्षर भएकाे छ । याे सँगै सिटिजन्स बैंकका कार्डवाहकले हरेक बिहिबार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा रु ५०० सम्म छुट पाउने छन् ।
यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिख पश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकहरुले दराजमा प्रथम पटक कारोबार गर्दा समेत थप रु १५० सम्मको भौचर प्राप्त गर्न सक्ने छन् । दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथली स्थित कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै बैंकका मास बैकिंङ अधिकृत मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरुलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने बताए ।
याे अवसरमा दराजका प्रमुख संचालन अधिकृत अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिवद्ध रहेको जनाउदै आगामी दिनहरुमा समेत बैंकसँग सहकार्य गर्दै अगाडि बढ्ने र डिजिटल कारोबारलाई थप प्रवर्द्धन गर्दै जाने धारणा राखे ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टी.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
मंसिरका लागि वाणिज्य बैंकहरुको निक्षेप र व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घट्यो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार
डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
मंसिर १, २०८१ शनिबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
चितवन कांग्रेसले पुःन सुरु गर्यो १०० दिने अभियान
मंसिर १, २०८१ शनिबार