अख्तियारमा उजुरी परेपछि भुक्तानी गरेको रकम धनगढीमाई नगरपालिकाले फिर्ता लिँदै
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १६:४२:६
♦ मुकेशकुमार यादव
१५ साउन, सिरहा । धगढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सञ्चालन गरेको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको खबरहरू सार्वजनिक भइरहेकै बेला अनियमिता पुष्टि गर्ने प्रमाणहरू फेला परेका छन् । नगरक्षेत्रका एक सय ३० जना विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरेको नायव सुब्बा र खरिदारको लोकसेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातहरूले नै पुष्टि भएको हो।
लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने जिम्मा पाएको गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजि प्रा.लि.विराटनगरले पेस गरेको आर्थिक प्रस्तावनामा विनियोजित रकम खर्च गर्नकै लागि एउटै तालिममा ‘तालिम संयोजक र प्रोग्राम कोर्डिनेटर’ देखाएर रकम भुक्तानी लिएको छ । एक महिने तालिममा तीन लाख ६० हजारको फोटोकपीमा खर्च गरी व्यापक अनियमितता गरिएको स्थानीयहरू बताउँछन् ।
लोकसेवा तयारी कक्षा सञ्चालनको लागि पाँच वटा संस्थाले प्रस्ताव पेस गरेको मौखिक रुपमा भनेपनि स्थानीयले सूचना माग गर्दा तीन वटामात्र आर्थिक प्रस्तावना उपलब्ध गराएको छ । तीनै वटा आर्थिक प्रस्तावना हेर्दा एउटै व्यक्तिले बनाएको भन्ने स्पष्ट हुन्छ। तीन वटै आर्थिक प्रस्तावको क्रम संख्या, शीर्षक र उल्लेखित रकम एकै प्रकारको छ ।
‘सञ्चार, कार्यालय तथा व्यवस्थापन खर्च’ शीर्षकमा मात्र रकम तलमाथि पारिएको छ । यस शीर्षकमा योजनाको जिम्मा पाउने गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रालिले सबैभन्दा कम ३१ हजार प्रस्ताव गरेको छ भने अन्य दुईले ४५ हजार र ९० हजार उल्लेख छ । ‘यसले सामान्य व्यक्तिले पनि मिलेमतोमा काम भएको प्रष्ट देखाउँछ,’ स्थानीय योगेश सिंहले बताए ।
तयारी कक्षा संञ्चालन गर्ने जिम्मा पाएको संस्थाले प्रमुख प्रशिक्षक खर्च दैनिक १२ हजारका दरले ३० दिनको तीन लाख ६० हजार, सहायक प्रशिक्षकको दैनिक ४ हजारको दरले ३० दिनको एक लाख २० हजार, किताव एक हजार ६ सयका तरले ६० जनालाई ९६ हजार, टिसर्ट पाँच सयका दरले ६० जनालाई ३० हजार, कप, कलम तीन सयका दरले १८ हजार, ह्यान्डस्आउट प्रतिदिन प्रतिविद्यार्थी दुई सयका दरले ६० जनाको ३० दिनमा तीन लाख ६० हजार, तालिम संयोजक दैनिक एक हजारका तरले ३० दिनको ३० हजार, सहयोगी १५ हजार, चिया विस्कुट ९० हजार, मल्डिमिडिया दैनिक २ हजारको दरले ६० हजार, विविध ५० हजार, उद्घाटन १० हजार, प्रतिवेदन एक हजार, सञ्चार, कार्यालय तथा व्यवस्थापन खर्च ३१ हजार, हलभाडा ९० हजार, प्रोग्राम कोर्डिनेटर ३५ हजार, तालिम संयोजक, प्रोग्राम कोर्डिनेटर र सहयोगीको खाना, खाजा ३६ हजार, अनुगमन खर्च २० हजारसहित १४ लाख ५२ हजार भ्याटबाहेक रकम आर्थिक प्रस्ताव पेस गरेको छ।
सोही प्रस्तावअनुसार गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजिले भ्याटसहित १६ लाख ४० हजार ७६० रुपैयाँको बिल गत ११ वैशाखमा पेस गरेको थियो। त्यसको तीन दिनपछि उनले भुक्तानी पाएका छन् । यो संस्थाले लोकसेवाको खरिदार र नायव सुब्बा दुवैगरी गरी ३२ लाख ८१ हजार ५२० रुपैयाँ भुक्तानी पाएको छ । एउटै संस्थाले एकैखालको आर्थिक प्रस्ताव पेस गरे दुईवटा कार्यक्रम प्राप्त गर्नुले पनि अनियमितता भएको थप आशंका उत्पन्न गरेको स्थानीय अनिल सिंहले बताए । उनले भने, ‘तीनवटाले प्रस्ताव पेस गर्ने, क्रम संख्या, शीर्षक, रकम एउटै खालको हुने । एउटै शीर्षकमा देखिनुले अनियमितता भएको प्रष्ट पार्छ।’
अनियमितताको समाचार सार्वजनिक भएपछि नगरपालिकाले छानविन समिति गठन गरेको छ । छानविन समितिमा अनियमितामा संलग्नताको आशंका गरिएका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद र राजश्वका कर्मचारी हुनुले समितिप्रति नै आशंका उत्पन्न भएको छ । यस सम्बन्धमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोसँग सम्पर्क गर्दा उनले आफूसहित प्रशासकीय अधिकृत, लेखा, राजश्वका कर्मचारीको छानविन समिति गठन गरेका बताए ।
लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसादसँग सम्पर्क गर्दा उनले भने, ‘सबै मिलिसकेको छ । हामी अहिले त्यसैको तयारीमा छौं। अख्तियारले पनि कागजातहरू माग गरेको छ । कामको जिम्मा लिएकासँग हामीले १० लाखभन्दा बढी रकम फिर्ता लिएका छौं। भोलिसम्म यसको सबै प्रतिवेदन अख्तियारमा बुझाइसकेपछि सार्वजनिक गछौं।’
कर्मचारीहरू आफू बच्न भुक्तानी गरेका रकम फिर्ता गराए
स्थानीयले लोकसेवा कार्यक्रममा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिबासमा उजुरी गरेपछि नगरपलिकाका लेखाअधिकृत र प्रमुख प्रशासकीय अधिकृत आफू बच्न आर्थिक ऐनविपरीत भुक्तानी दिएका रकम समेत फिर्ता गर्न लाएका छन् । नगरपालिकाले सम्झौता गरेअनुसारका रकम भुक्तानी दिए पनि स्थानीयहरूको चर्को विरोध र अख्तियारको छानबिन पश्चात् कर्मचारीहरू अहिले आफू बच्नका लागि गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजिसँग रकम फिर्ता गराएका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार