सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा भाग लिन नेपाली टोली भारत प्रस्थान
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १६:५३:१५
१५ साउन, काठमाडौं । सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।
भारत प्रस्थान गर्ने खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनिता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहेका छन् ।
प्रशिक्षकमा ईश्वर थापा मगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ छन् । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रुपसिंह तामाङ, राजेश बोलखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्ने छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य गोपाल श्रेष्ठले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता अगष्ट ४ देखि ६ तारिखसम्म हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार