गृहमन्त्रीको राजीनामा बिना सुन प्रकरणको छानविन प्रभावित हुने एमालेको अडानपछि बनेन् समिति
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १६:५४:१
१५ साउन, काठमाडौं । सुन तस्करी प्रकरणको छानविनका लागि कुन तहको र कस्तो प्रकृतिको उच्चस्तरीय छानविन समिति बनाउने भन्ने कुरामा नै प्रमुख दलहरू अलमलिएका छन् । सरकारले उच्च स्तरको समिति घोषणा नगरेसम्म एमाले व्याक नहुने भनेपछि सोमबारको बैठक पनि स्थगित भएको छ । लगातार विपक्षी दल एमालेले संसद बैठक अवरुद्ध गर्दै आएपछि संसद खुलाउनेबारे शीर्ष नेताबीच भएको छलफलपनि सहमतिमा नपुगेर टुंगिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल भएको थियो । तर, उच्चस्तरीय समिति बनाउने बुरामै सहमति भएन । एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा नदिइ बनाएको समितिले निष्पक्ष छानविन गर्न नसक्ने भन्दै ओलीले पहिले राजीनामा गराउन भनेका थिए । प्रधानमन्त्री प्रचण्डले राजीनामाको कुरा अहिले सम्भव नहुने अडान राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्ड र ओलीबीच सहमति नभएपछि आजको संसद बैठक बस्न नसक्ने भन्दै सभामुखलाई भोलिका लागि सार्न आग्रह गरिएको थियो । सोही अनुसार प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो । प्रमुख प्रतिपक्षी दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने बताएपछि प्रतिनिधिसभाको सोमबार १ बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।
सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि पहिले सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान एमालेले राखेको थियो । उच्चस्तरीय समिति गठन नगरी संसद चलाउन खोजेमा वेल घेराउ गर्ने र संसद चल्न नदिने जानकारी एमालेले सभामुखलाई सोमबार मध्यान्ह दिएको थियो । एमाले सचेतक महेश बर्तौलाले सुन तस्करीको विषयमा छानबिन गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको बताए ।
सभामुखले एमालेलगायतका दलका संसदीय पदाधिकारीसँग संसदको अवरोध खुलाउनेबारे छलफल गरेका थिए । त्यसपछि सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए । एमालेले उच्चस्तरीय छानबिन समिति गठनको अडान नछोडेको र सरकारको तर्फबाट त्यसमा सकारात्मक जवाफ नआएपछि सभामुखले सूचना टाँसेर बैठक स्थगित गर्न लगाएका हुन् ।
एमालेले सुन तस्करीको विषयमा छानबिन गर्नका लागि तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि राख्दै आएको छ । यसअघि १० साउनमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले बैठक अवरुद्ध गरेको थियो । सोमबार पनि एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका सभामुखको सचिवालयले बताएको छ ।
यसअघि सोमबार बिहान संसद खुलाउने विषयमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेता छलफलमा बसेका थिए । तर, राजीनामाको कुरा नमिले पनि समिति बनाउने विषयमा नै सहमति नजुटेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार