किसानलाई मल अभाव भएको सांसदहरुको भनाइ, मल छेलोखेलो रहेको कृषिमन्त्रीको दावी
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १७:११:५६
१५ साउन, काठमाडौं । सांसदहरुले नेपालमा किसानहरूले समयमा मल नपाएको भन्दै गुणस्तरीय मलको व्यवस्था समयमा नै गर्नुपर्ने माग राखेका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरु किसानले मल नपाउँने समस्या हरेक बर्ष दोहरिने गरेको स्मरण गराउँदै यो समस्या सधैंका लागि अन्त्य हुने गरी विकल्प खोज्नु पर्ने बताए ।
पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले किसानहरूले एक बोरा मल ७ जनाले बाँड्नु पर्ने र मल बढी मूल्यमा बेच्ने कालाबजारी जस्तो समस्या रहेको औलाए । बैठकमा उनले ६० प्रतिशत रोपाई भएकोमा मल गुणस्तरीय छ कि छैन् ? अहिले किसानहरूले मल नपाए कहिले पाउने जस्ता प्रश्नहरू उठाए ।
उनले भने,‘एक बोरा माल ७ जनाले बाँड्नु पर्ने र मल बढी मूल्यमा बेचेर कालोबजारी भयो भन्नुभएको छ त्यसमा छलफल गर्नुपर्छ । हामी नेपाली हो कि होईन् ? हामीलाई सरकाले मल पनि दिन सकेको छैन् । हामीले किनेर ल्याएको मलपनि हाम्रो जीविकोपार्जनको लागि न्यूनीकरण दिँदैन । ६० प्रतिशत रोपाई भएको छ । मल गुणस्तरीय छ कि छैन् । अहिले किसानहरूले मल नपाए कहिले पाउने ? मल किन समयमा आउँदैन ? वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउने ?त्यो आजको बैठकबाट निर्देशन दिएर लागु हुनुपर्छ ।’
सांसदरुले उठाएको प्रश्नको उत्तर दिँदै कृषि तथा पशुपंक्षी मन्त्री बेदुराम भुषालले नेपालमा मल प्रशस्त रहेको दावी गरे । उनले सरकारले आयात गरेको मल पनि गुणस्तरीय नै रहेको भन्दै द्विविधा राख्न जरुरी नरहेको बताए । उनले भने,नेपालमा मल छ । र सरकारले आयात गरेको मल गुणस्तरीय छ । यसमा कुनै द्विविधा राख्न जरुरी छैन् ।
वितरणमा स्थानीय तहलाई जिम्मा दिएको छ । जुन सहकारीहरूले सिफारिस गरेका छन् । हाम्रा नीति नियमहरुमा कहाँ गोलमेल भएको छ भन्ने जानकारी लिने काम हाम्रो हो । हामी सबै मिलेर मन्त्रालयको र स्थानीय प्रशासनलाई भनेर परिचालन गरेर समस्याहरु नियाल्ने छौं ।’ किसानको लागि ल्याएको मल रोकिएको छैन् । नरोक्नको लागि स्थानीय प्रशासनलाई भनिएको छ । रोकिएको छ भने स्थानीय तहको कुनै व्यक्तिको कारणले होला । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार