‘सस्पेन्स थ्रिलर’ कथामा आधारित ‘अदृश्य’ प्रदर्शन हुँदै
नेपालबहस संवाददाता
साउन १५, २०८० सोमबार १७:५८:४३
१५ साउन, काठमाडौं । आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचितत्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंहले चलचित्रको विषयमा जानकारी गराए ।
अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिए । उनले भने, “हामी कहाँ सस्पेन्स र थ्रिलर कथामा कमै चलचित्र बन्ने गरेका छन् । एकै किसिमको भन्दा फरक प्रस्तुतीकरण दर्शकले पाउनुहुनेछ । मैले पनि चलचित्रको विधाअनुसार आफ्नो स्वरूप तयार गरेको छु ।”
यसै चलचित्रमार्फत निर्देशन यात्राको प्रारम्भ गर्नुभएका निर्देशक काफ्लेले सामाजिक विषयवस्तुमा थ्रिलर प्रस्तुती दिएको बताए । “हामीले राम्रो चलचित्र बनाउन सक्दो कोसिस गरेका छौँ । हामीले छायाङ्कनको समयमा ‘ए’ नाम राखेका थियौँ, पछि ‘अदृश्य’ बनाएका हौँ”, उनले भने ।
चलचित्रमा छुल्ठिम गुरुङ, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतले समेत अभिनय गरेका छन् ।
यसमा राकेश रनपालले कथा लेखन, आकाश उखेडाले पटकथा तथा संवाद लेखन, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुले छायाङ्कन, विशाल पौडेलले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन, मुकेश शाहले पाश्र्व सङ्गीत सिर्जना, निशान घिमिरेले रङ्ग संयोजन गरेका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
चलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार
कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाए [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार