दिउँसो एक बजे डाकिएको प्रतिनिधिसभा बैठक चल्ने-नचल्ने विषयमा सभामुख नै अन्योलमा
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार ९:५८:५३
१६ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने माग राखेर विपक्षी एमालेले आज पनि बैठक अवरोध गर्ने जनाएको छ । बैठक सञ्चालन हुने कुरामा सभामुख देवराज घिमिरेसमेत अन्योलमा पर्न थालेका छन् ।
संसद खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्माबीच दुई पटक छलफल भएपनि सहमति भएको छैन् । प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटार भएको सहमति संसद भवन पुग्दा तोडिँदै आएको छ । सोमबार पनि छलफल लगत्तै संसदमा सञ्चालन हुने खबर गरिएको थियो । एमालेका सांसदले आकस्मिक समय लिएर सुन तस्करीबारे प्रश्न उठाउने र गृहमन्त्रीले जवाफ दिने समझदारी भएको भनिएको थियो ।
सभामुखले पनि प्रमुख सचेतक तथा सचेतकहरुलाई बोलाएर छलफल गरेका थिए । उनले संसद सञ्चालन हुने सहमति भएको खबर आएको जानकारी गराए र शून्य र विशेष समय राख्ने छलफल गरेका थिए । तर, बैठक एक्कासी चल्न नदिने भनेर एमालेले जानकारी गराएपछि उनले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका थिए ।
मंगलबार पनि बैठक चल्ने नचल्ने विषयमा सभामुख घिमिरे अन्योलमै छन् । एमालेले भने अनुसार छानविन समिति नबने बैठक चल्ने अवस्था देखिएको छैन । यही आज सभा सञ्चालन भएमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।
सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् । यस्तै, सभामुखले घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा मन्त्रिपरिषदको निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदनसमक्ष पेस हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार