सर्वोच्चः सांसदलाई रकम दिने निर्णयविरुद्धको रिटमा आज दुबै पक्षसँग छलफल गर्ने
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १०:१४:१
१६ साउन, काठमाडौं । सांसदलाई बजेट दिने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजका लागि पेसी तोकिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्यमा सरकारको जवाफ मागेको इजलासले अन्तरिम आदेशका लागि आज पेसी तोकेको हो ।
उक्त बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको व्यवस्था गरिनु संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरण र संघीयताको सिद्धान्त विपरीत भएकाले बदरभागी भएको भन्दै रिट दायर भएको थियो । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संसद सचिवालयलाई विपक्षी बनाइएको छ ।
अन्तरिम आदेशको छलफलका लागि आज दुवै पक्षलाई डाकिएको छ । अब दुवै पक्षको बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिनुपर्ने नपर्ने सम्बन्धमा निर्णय गर्नेछ । सरकारले बजेटमा राखेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम विरुद्धको रिटमा अदालतले यसअघि कारण देखाउ आदेश जारी गरेको थियो । अधिवक्ता सागर बराल, सौगात राज बराल र कानुनका विद्यार्थी अविनेश अधिकारीले दायर गरेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०८०-०८१ को आय व्ययको अनुमान (बजेट वक्तव्य)को ४४५ नम्बर बुँदामा निर्वाचन क्षेत्रका लागि पाँच करोड बजेट विनियोजन गर्ने गरी व्यवस्था गरेको छ । आज दुवै पक्षसँग छलफल गरेपछि आदेश हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
छानबिन समिति बनाएर राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री सहमत : कांग्रेस
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री र कांग्रेस शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार