ओलीलाई जनताको संसदप्रति गम्भीर हुनुपर्यो भन्दै सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था समितिको बैठक
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १०:३६:३६
१६ साउन, काठमाडौं । संसद खुलाउनेबारे सभामुख देवराज घिमिरेले पहल थालेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बिहान संवाद गरेको संसद सचिवालयले जनाएको छ । सभामुख घिमिरेले टेलिफोन संवाद गरेका हुन् ।
उनले निरन्तर संसद बैठक रोकिँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र प्रतिपक्ष दलका नेता ओलीको ध्यानाकर्षण गराएका थिए । उनले विपक्षी दलका नेता ओलीलाई पटक पटक बैठक अवरुद्ध हुँदा संसदीय अभ्यासमा गलत नजिर बस्ने भन्दै गम्भीर भएर सांसदहरुलाई निर्देशन दिन आग्रह गरेका थिए ।
दुई नेतासँगको छलफल पनि सभामुख घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बेलाएका छन् । आज दिउँसो १२ बजे बानेश्वरमा बस्ने गरी कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको सचिवालयले जनाएको छ ।
संसदको अवरोध अन्त्य गर्ने विषयमा हिजो पनि सभामुखले प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । तर, सहमति नभएपछि सूचना टाँसेर बैठक स्थगित गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
के १५ हजार समलिङ्गी सैनिकलाई ट्रम्पले हटाउन खोजेका हुन् ?
पुष १०, २०८१ बुधबार
एमाले सचिवालय बैठक बस्दै
पुष १०, २०८१ बुधबार
स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
पुष १०, २०८१ बुधबार
क्रिसमस इभमा झुमिएको ठमेल [ फोटो फिचर ]
पुष १०, २०८१ बुधबार