पोखरामा ‘७५ वर्षे ठिटो’ रामेशको बालापनको चर्चा
इन्द्र रिजाल
चैत ३०, २०७५ आइतबार १:२५:४०
प्रकाश अधिकारी,
पोखरा । जनताका गायक रामेशको संस्मरणात्मक किताब ‘बालापन जीवनको’माथि पोखरामा बहस भएको छ ।
¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको आयोजना तथा सङ्गम सांस्कृतिक मञ्च पोखराको सहआयोजनामा शनिबार पोखरामा भएको कार्यक्रममा लेखक रामेशसँग साहित्यकार तथा पत्रकार रुपिन्द्र प्रभावीले दोहोरो बहस गरे । रुपिन्द्रले रामेशको किताबमाथि केन्द्रित भएर उनका साङ्गीतिक यात्रा र बालापनका विषयमा चर्चा गरेका थिए ।
वि.सं. २००१ असार ८ गते पाल्पामा जन्मेका उनलाई रुपिन्द्रले ७५ वर्षे ठिटोको संज्ञा दिँदा उनी खुसी भएका थिए । ‘मैले १८ वर्षे बूढो पनि देखेको छु, ८० वर्षे ठिटो पनि देखेको छु’ उनले भने । आफूमा अझै पनि धेरै काम गर्ने अभिलाषा बाँकी नै रहेको उनले सुनाए ।
तीन वर्षकै उमेरमा तबला बजाएर जनतालाई चकित बनाएका जनताका गायक रामेशले अहिले नेपालमा सच्चा कुम्यनिष्ट नै नभएको टिप्पणी गरे । ‘मानिस असल काम, विचार र चरित्रले प्रगतिशील र कम्युनिष्ट हुन्छ’ उनले भने, ‘हामी दास होइन, हुनुहुँदैन । जनताको सेवा गर्दासम्म नेतालाई साथ दिऔं, सेवा नगरी स्वार्थमा लागे नेता बदल्नुपर्छ ।’
‘हिजो जनताका गीत गाउनेलाई जेल हाल्थे, सुन्नेको कान फुटाइन्थ्यो तर अहिले आफ्नो कुरा सहजै गाउन र भन्न पाइन्छ’, रामेशले भने, ’भरिया, किसान, अन्य मजदुरको जीवन अझै बदलिएको छैन ।’ गणतान्त्रिक शासन आउँदा पनि नेताहरूको प्रवृत्ति हिजोकै राजा र राणाको जस्तो भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । अहिले पनि जनता, पार्टी र सिद्धान्तलाई अमुक नेताको स्वार्थ पूरा गर्ने साधन मात्र बनाइएको उनको आरोप थियो ।
राल्फा आन्दोलनबाट नेपाली सङ्गीत परम्परामा दह्रो हस्तक्षेप गर्दै प्रगतिशील साङ्गीतिक अभियानमा क्रियाशील रामेशको ‘बालापन जीवनको’ बाल्यकालका सम्झनाहरु समेटिएको किताब हो । पारिजातको प्रेरणाबाट राल्फा जन्मेको स्रमण गर्दै उनले नेपाली सङ्गीतका क्षेत्रमा राल्फाले नयाँ मोड ल्याएको दाबीसमेत गरे ।
शृङ्खलाबद्ध रुपमा युवापन र त्यसपछिको जीवनका संस्मरणहरु पनि समेटेर किताब लेख्ने रामेशले बताए । जनताका गीत गाउँदा कैयौँ हण्डरहरु खानुपरे पनि कुनै गुनासो नरहेको रामेशको भनाइ थियो । उनले रातारात भाइरल हुने खालका गीतहरु आफूलाई गाउनु नपरेको र नपरोस् भन्दै बाँच्ने र बचाउने गीतका पक्षमा आफू रहेको धारणा राखे ।
बहसलाई अघि सहजीकरण गरेका रुपिन्द्रका खरा प्रश्नहरुको जवाफ निकै सहज ढङ्गले रामेशले दिएका थिए । देशको माया गर्न कोही काङ्ग्रेस वा कम्युनिष्ट हुनुनपर्ने धारणा अघि सारे । भने, ‘जनताका गीत गाउने र सुन्ने वातावरण मात्र बनाए पनि धेरै राष्ट्रवादी मान्छे जन्मिन्छन् ।’ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिको प्रस्ताव आए पनि आफूले त्यसलाई नस्विकारेको रामेशले खुलासा गरे ।
बहस कार्यक्रम पछि उनले सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरुको साथमा नयाँ पुरना गरी नौ ओटा गीत गाए । मेरी नेपाल आमा…बाट सुरु गरेका उनले बहुचर्चित गीत गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ…बाट समापन गरे । उनले प्रत्येक गीतको अन्र्तय र रचनागर्भ पनि प्रस्तुत गरेका थिए ।
उनलाई मञ्चका कलाकारहरु काजी गाउँले, विकास लुङ्गेली, रोशन लामा, सङ्गीता श्रेष्ठ, रेशम बी.सी., डी.बी. बान्तवालगायतले उनलाई लाइभ प्रस्तुतिमा साथ दिएका थिए ।
¥याण्डम रिडर्स सोसाइटी अफ नेपालका सचिव अनुपमणि अधिकारीको सञ्चालनमा सम्पन भएको कार्यक्रमको स्वागत सङ्गम सांस्कृतिक मञ्च पोखराका कलाकारहरुले गीतमार्फत गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको छ’
मंसिर २५, २०८१ मंगलबार
दार्चुलामा हिमपात र वर्षा, अपिहिमाल क्षेत्रको जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
राससकर्मी पोखरा समाचारदाता शर्मा सम्मानित
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार