कक्रोज बने सवारीको ब्राण्ड एम्बेस्डर
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १२:२९:१७
१६ साउन, काठमाडौं । नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप सवारीको ब्रान्ड एम्बेस्डरको रुपमा हरिस निरौलाका कक्रोज नियुक्त भएका छन्। सोमबार काठमाडौंमा सवारीले आफ्नो सेवा उद्घाटनको घोषणा गर्दै कक्रोजलाई ब्रान्ड एम्बेस्डरको घोषणा गरेको हो।
हाल काठमाडाैं, भक्तपुर र ललितपुरलाई विशेष आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाएको भएता पनि सवारी एपले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने हिसाबले सञ्चालनमा ल्याएका हुन्। यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरेर सजिलैसंग अनलाइन सेवा लिन सकिनेछ।
कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ शेयर एप भएता पनि ति विदेशी लगानी र उत्पादन भएको भन्दै त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे। सवारी नितान्त नेपाली युवाहरूले निर्माण गरेको हुदाँ सबैले यसलाई प्रयोग गर्न अनुरोध गरे। आफू सवारीको प्रचार प्रसारको लागि सदैव जिम्मेवार रहने बताउँदै कक्रोजले यस सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीहरुले पुर्ण सन्तुष्टि दिनेमा विश्वस्त रहेको बताए।
कार्यक्रमका विशेष अथिती दीपक आचार्य काकुले सवारीले देशमै रोजगारीको सिर्जन गर्न टेवा पुर्याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन, विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे।
कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहेका निर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ शेयर कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए। ति कम्पनीहरुले आफ्नो प्रभाव बढाउन सवारीलाई बदनाम समेत बनाउन विभिन्न कार्य गर्न सक्ने कुरा इंगित गर्दै त्यस प्रति चनाखो हुँदै सुरक्षित, भर पर्दो र विश्वसनीय सेवा प्रदान गर्न शाहले सुझाव दिए।
नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल दुई जना मिलेर यो सेवा सुरुवात गरेका हुन्। कार्यक्रममा बोल्दै सवारीका प्रमुख निर्देशक प्रसिद्ध नेपालले आफूहरुले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए। कार्यक्रममा निर शाह, रवि गीरी, दीपक आचार्य काकु, हरिस निरौला कक्रोज लागयतका कलाकारहरूको उपस्थिति थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार