केन्द्रीय प्रतिनिधिको रोहबरमा साउन २० देखि ३० गतेसम्म ७७ वटै जिल्लामा कांग्रेसको विशेष कार्यक्रम
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १२:४८:३२
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न केन्द्रीय समितिको निर्णयअनुसार यही साउन २० गतेदेखि ३० गतेसम्म ७७ वटै जिल्लामा विशेष कार्यक्रम राखेको छ । यसका लागि केन्द्रीय प्रतिनिधिहरु खटाइने भएको छ । १० दिनसम्म चल्ने कार्यक्रममा पार्टीका आन्तरिक गतिविधि र आगामी कार्यक्रमहरूका विषयमा छलफल चल्नेछ ।
पार्टीको आन्तरिक जीवनमा आमुल परिवर्तनका एजेण्डा बनाउने, कार्यान्वयन गर्ने र जिल्लाका राजनीतिक तथा समसामयिक विषयमा कांग्रेसले कस्तो उपस्थिति जनाउने भन्ने बारे जिल्लामा नेताहरूबीच छलफल चल्नेछ । यसका लागि केन्द्रबाट केन्द्रीय सदस्यसहित अन्य नेताहरू पनि खटिनेछन् भने प्रदेश सभापति र प्रदेश कार्यसमितिलाई कार्यक्रमको जिम्मेवारी दिइएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिएको जानकारी अनुसार जिल्लामा १० दिनको कार्यक्रममा केन्द्रीय प्रतिनिधि, प्रदेश सभापतिसहित कार्यसमिति, जिल्ला सभापति, नगर सभापति र इकाइ सभापतिहरू जम्मा भएर छलफल गर्ने छन् । क्रियाशील सदस्यहरूको नवीकरण गर्ने र नयाँलाई सदस्यता वितरण गर्ने कार्यक्रम तय हुनेछन् । इकाई समितिहरु प्रभावकारी रुपमा परिचालन भए नभएको र आउने दिनमा इकाई समितिलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
छलफलमा इकाइले नगर समितिलाई, नगर समितिले जिल्ला र क्षेत्रीय समितिलाई र जिल्ला समितिले प्रदेश समितिलाई दिनुपर्ने जानकारी बुझाउनुपर्ने विवरणबारे कार्यनीतिहरु बनाइनेछ । मतहतका समितिहरुको नियमित बैठक बसे नबसेको र बैठक बसेर भएका निर्णयहरू माथिल्लो निकायलाई जानकारी गराए नगराएकाे लगायतका विषयमा छलफल हुनेछ भने १० सम्मको विशेष कार्यक्रम सकिएपछि मातहतका समितिहरुले गर्न पर्ने काम र माथिल्ला निकायहरूलाई दिनुपर्ने जानकारी नियमित हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए ।
सबैभन्दा तलको तह इकाई समिति प्रभावकारी भएपछि नगर समितिदेखि प्रदेश समितिसम्म प्रभावकारी रुपमा चल्न थाल्ने र यसले केन्द्रीय समितिलाई पनि थप जिम्मेवार बनाउने नेताहरू बताउँछन् । कांग्रेसमा यसअघि नियमित रुपमा केन्द्रदेखि इकाईसम्मका समितिहरु निष्क्रिय जस्तै थिए । झण्डै एक वर्षपछि बसेको केन्द्रीय समितिको बैठकपछि प्रदेश, जिल्ला, नगर र इकाईसम्ममा समितिहरुलाई पनि क्रियाशील बनाउन कांग्रेसले १० दिनको विशेष कार्यक्रम राखेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउने गरी काम गर्न दूतावासलाई परराष्ट्रमन्त्रीको निर्देशन
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार