रिहाइका लागि उच्च अदालत पुगे भुटानी नक्कली शरणार्थी मुद्दाका अभियुक्तहरू
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १२:५८:३०
१६ साउन, काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै संगठित रूपमा किर्ते कागजात बनाइ कराेडाैं रूपैयाँ ठगी गरेकाे अभियाेगसम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल परेका अभियुक्तहरु रिहाइका लागि उच्च अदालत पाटन पुगेका छन् ।
उनीहरुले आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै उच्चमा रिट निवेदन दायर गराएका छन् । उनीहरुले विभिन्न मितिमा उच्चमा रिट दायर गराएका हुन् ।
तत्कालीन उपप्रधानमन्त्री एवं एमालेका नेता टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, प्रकरणका विचौलिया केशव दुलाल, सानु भण्डारीसहित थुनामा रहेका अभियुक्तहरुले थुनामुक्त गर्ने आदेशको माग गर्दै उच्च अदालत पुगेका हुन् ।
रायमाझी र खाणको निवेदनमा उच्चले यसअघि नै ‘कैफियत प्रवेदन’ झिकाउने आदेश दिइसकेको छ । उनीहरुले प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् । रिट निवेदक सबै अभियुक्तको रिटमा एकैपटक सुनुवाइ हुने गरी पेसी तोक्ने तयारी भइरहेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए ।
यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते मुद्दाको अन्तिम टुंगो नलागेसम्म कारागार थुनामा पठाउने आदेश दिएका थिए । लक्ष्मी महर्जन र टंक गुरुङ भने भने धरौटीमा रिहा भएका थिए । उनीहरु कारागार थुनामा परेपछि यही प्रकरणमा असार २८ मा पक्राउ परेका अभियुक्त केशव तुलाधर पनि असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले भीआईपीहरुसहित ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेकामा ११ जना अझै फरार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार