राप्रपाले कोशीमा सरकार बनाउन दुवै पक्षलाई तत्काल साथ नदिने
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १३:४५:४९
१६ साउन, विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशमा सरकार बनाउन सत्ता गठबन्धन र एमालेलाई साथ नदिने भएको छ । अहिलेसम्मको अवस्था हेर्दा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मात्र सरकारको दवी पेश गर्न संख्या पुग्ने अवस्था देखिएको छ । यद्यपी यसमा पनि सत्ता गठबन्धनमा पुर्ण सहमति भएको देखिँदैन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कोशी प्रदेश सरकार गठनका लागि कुनै पनि दललाई सहयोग नगर्ने बताएपछि सरकार दाको दावी पेश गर्न सभाुमखको राजीनामा अनिवार्य जस्तै बनेको छ । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङदेनले कांग्रेस र एमाले मलेर सरकार बनाउन सुझाव दिएका छन् ।
‘उनले अहिले राप्रपाको प्राथमिकता सत्ता नभएको भन्दै राप्रपाले काँग्रेस र एमाले दुवैलाई साथ नदिने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छन् । उनले ‘ठूलो बहुमतले भोलिका दिनमा बाधा अड्चन आउन नआउने र विधेयक पारित गर्दा पनि सहज हुने भएकाले दुई दल मिल्नुपर्ने बताएका छन् ।
९३ सदस्यीय कोशी प्रदेशसभामा ठूलो दल एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख छन् ।
केन्द्रमा बनेको सत्तारुढ गठबन्धन र विपक्षमा रहेको एमालेले सहज रुपमा बहुमत जुटाउन नसक्दा कोशीमा राजनीतिक अस्थिरता कायम छ । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि दिएको समय मंगलबार साँझ ५ बजे सकिँदैछ । तर सत्तारुढ गठबन्धनले बहुमत जुटाउन सकेको छैन । राप्रपाले तत्काल सत्ता गठबन्धनलाई साथ दिन नसकिने प्रष्ट पारेको छ ।
अध्यक्ष लिङ्देनले संविधानको धारा १६८ ९२० अनुसार सरकार बनाउन आफूहरुको समर्थन नहुने बताए । अहिले सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ मा घटनाक्रम चलिरहेको छ, यो श्रृखला सोही धाराको उपधारा ५ सम्म पुग्ला, त्यहाँसम्म पुग्दा दलहरुले आफैं समाधान निकाल्लान् । त्यससम्म पनि समाधान ननिस्किँदा र हामी नै निर्णायक देखियौं भने पार्टीको बैठक बसेर निर्णय गर्नेछौं’ उनले भने ।
संवैधानिक व्यवस्था अनुसार धारा १६८ ९२० अनुसार बहुमतको सरकार बन्न नसकेमा १६८ ९३० अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मुख्यमन्त्री बन्नेछन् । उसले पनि विश्वासको मत लिन नसकेमा १६८ ९५० अनुसारको सरकार बन्नेछ । जसमा बहुमत पुर्याउन सक्ने कुनै प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेश गर्न सक्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार