नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ८६ अर्ब
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १५:१४:३३
१६ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको जनाएको छ ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २०७९/८० मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको र जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी रहेको जानकारी दिए ।
उनले गत आर्थिक बर्षमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको बताए । नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको उनको भनाइ छ ।
उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्य योजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनको तयारी गरिएको बताए ।
सचिव मरासिनीले चालू आर्थिक बर्षमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको कार्यान्वयन, स्टार्ट अप उद्यम कर्जा कार्यक्रम, टिमुरे र चाँदनी दोधारा सुख्खा बन्दरगाह निर्माणमा तीव्रता दिइएको बताए ।
बैठकमा मन्त्रालयले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका मुख्य कामहरू र भावी योजनाका विषयमा समितिलाई जानकारी गराएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार