खडेरीले मकै सुकेपछि किसान मारमा
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १६:१०:४१
१६ साउन, टक्सार । भोजपुरमा खडेरीका कारण मकै सुकेको छ । जिल्लाको अरुण गाउँपालिकाका कृषक मकै सुकेपछि मारमा परेका छन् । खडेरीका कारण अरुण–६ जरायोटार र वडा नं ७ सिक्रेटारमा सबैभन्दा बढी मकै नष्ट भएको छ ।
जरायोटारका एक सय २० परिवारले एक सय ७० हेक्टरमा लगाएको मकैबाली खडेरीका कारण नष्ट भएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए । कृषि ज्ञान केन्द्रको प्रविधिक टोलीले दुवै ठाउँको अनुगमन गरेको छ । जरायोटारको रानीटार, बतासे र वडा नं ७ सिक्रेटारमा मकैबाली पूर्ण रुपमा क्षति भएको पाइएको उनले बताए ।
“खडेरीबाट प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा छलफल भइरहेको छ”, अध्यक्ष खत्रीले भने । अरुण गाउँपालिका कृषि शाखाका प्रमुख रवीन्द्र सापकोटाले सुक्खा खडेरीबाट प्रभावितको लगत सङ्कलन गरी राहतका लागि स्थानीय तहसँगै सम्बन्धित निकायलाई प्रस्ताव गरिने बताए । यसअघि पनि बाढी पहिराबाट अरुण–१ र २ का बस्ती प्रभावित भएका थिए । लम्पी स्किनले पशुचौपाया क्षति बेहोरेका कृषक खडेरीका कारण झन पीडित बनेका गाउँपालिकाका उपाध्यक्ष बिनिता ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
एलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीमाथि अमेरिकामा लागेको आरोप गम्भीर, के के पर्छ असर ?
मंसिर ७, २०८१ शुक्रबार
१५ सयले बढेर १ लाख ६५ हजार नाघ्यो सुन
मंसिर ७, २०८१ शुक्रबार
एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार