एकै गाउँका १९ जनामा हेपाटाइटिस
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार १६:२३:३३
१६ साउन, बैतडी । पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । यहाँका १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो । एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ जनामा यस्तो लक्ष्यण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
भाइरल हेपाटाइटिस देखिएका तीन बालबालिकामध्ये एकजनालाई थप उपचारका लागि धनगढी पठाइएको र दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । गाउँका तीन बालबालिका उपचारका लागि जिल्ला अस्पताल आउँदा हेपाटाइटिस देखिएको थियोे । प्रमुख भटृले भने, “उपचारका लागि आएका बालबालिकामा हेपाटाइटिस पुष्टि भएपछि गाउँमै गएर परीक्षण गरिएकामा थप १६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।”
स्वास्थ्य कार्यालय र नगरपालिकाले संयुक्तरुपमा भाइरल हेपाटाइटिसका बिरामीहरु खोजी गरिरहेको छ । भाइरल हेपाटाइटिस प्रकोपका रुपमा नफैलियोस् भन्ने उद्देश्यले बिरामीहरु खोजी गरी उपचार गर्न लागिएको उक्त कार्यालयले जनाएको छ ।
दूषित पानी, खानपानलगायत प्रयोगका कारण भाइरल हेपाटाइटिस हुने गर्दछ । भाइरल हेपाटाइटिस भएका बिरामीहरुमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने, खान मन नलाग्ने, जन्डिस हुने, पिसाबमा रगत देखिनेजस्ता लक्षणहरु देखापर्ने गरेका छन् । यो रोगबाट बच्न शुद्धीकरण गरेको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।
मुहानको पानी परीक्षणका लागि सङ्कलन
नगरपालिका–४ मा भाइरल हेपाटाइटिसका बिरामी भेटिएपछि सो ठाउँमा रहेका खानेपानीका मुहानको पानी परीक्षणका लागि नमुना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए । उनले भने, “हेपाटाइटिस देखिएपछि गाउँमा रहेका मुहानहरूको पानी परीक्षणका लागि सङ्कलन गरेका छौँ ।”
यसअघि नमूनाका रुपमा यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५० दशमलव आठ प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार