सैनिक सरकारद्वारा नेत्री सूचिलाई आंशिक माफी
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार २१:४५:५३
१६ साउन, एजेन्सी । हिरासतमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्माको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ ।
भोलि बुधबार पर्ने आषाढ पूजाका अवसरमा आज सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सूचि विरुद्धका पाँच वटा मुद्दालाई मुल्तवीमा राखेर क्षमादान गरिएको हो ।
राज्य प्रशासन परिषद्का अध्यक्षले सूचिलाई माफी दिएको सरकारी खबरमा भनिएको छ । उनीमाथि भ्रष्टाचार, गैरकानुनीरूपमा सञ्चार उपकरण ‘वाकिटकी’ राखेको तथा कोरोना भाइरसविरुद्धका नियम पालना नगरेकोलगायत अपराधमा दोषी ठहर गर्दै ३३ वर्षको कारबासको सजाय तोकिएको छ ।
दुई वर्षअघि नेश्नल लिग फर डिमोक्रेसीकी नेत्री सूचिको सरकारलाई अपदस्थ गरेयता म्यान्माका विभिन्न भागमा त्यसको विरोधमा उत्रेकामाथि सैनिक सरकारले व्यापक धरपकड एवम् दमन गरेको छ भने समग्र देश रक्तपातपूर्ण हिंसाको चपेटामा परेको छ ।
सैनिक शासनविरुद्धको आन्दोलनमा करिब छ हजार सर्वसाधारण मारिएका छन् भने हजारौँ घाइते भएका विवरण सार्वजनिक भएका छन् । म्यान्माका स्थानीय निकायले तीन हजार आठ सय जनाभन्दा बढीले ज्यान गुमाएका बताएको छभने सैनिक अधिकारीले त्यो सङ्ख्या पाँच हजारको हाराहारीमा पुगेको जनाएका छन् ।
म्यान्माको सैनिक सरकारले सङ्कटकालीन छ महिना लम्ब्याउँदै आम निर्वाचनमा विलम्ब हुने सङ्केत गरेको छ । संविधानतःसङ्कटकालीन अवस्था अन्त्य भएको छ महिनाभित्र आम निर्वाचन गराउनुपर्छ । म्यान्मा परिषद्का कार्यवाहक अध्यक्ष मिन्ट स्वेले आजदेखि छ महिनासम्म सङ्कटकाल थपिएको सोमबार घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
हमास नेता सिनवारको मृत्यु भएको इजरायलको पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
कात्तिक २, २०८१ शुक्रबार
२०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
कात्तिक २, २०८१ शुक्रबार
सभापति लामिछाने जोडिएको सूर्यदर्शन सहकारीमा रु डेढ अर्ब अपचलन
कात्तिक २, २०८१ शुक्रबार
आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँ : अध्यक्ष दाहाल
कात्तिक २, २०८१ शुक्रबार
१५ औँ महाधिवेशनमा सभापतिमा उठ्छु, ‘कन्फ्युजन’ मा नपर्नु होला : नेता कोइराला
कात्तिक २, २०८१ शुक्रबार
सिनवारको मृत्युको हमासले पनि गर्यो पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रवि लामिछाने पक्राउ बारे प्रहरीले सभामुखलाई दियो जानकारी
कात्तिक २, २०८१ शुक्रबार