सुदूरका मुख्यमन्त्री शाह मन्त्रिपरिषद विस्तारको तयारीमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन १६, २०८० मंगलबार २१:५०:३
![](https://nepalbahas.prixacdn.net/media/albums/kamal_shah_1675944899_qQs99Ay80j_CbhIdagTkO.jpg)
१६ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसहित सत्ता साझेदार दलका शीर्ष नेताको आज बिहान बालुवाटारमा बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले बताए।
उनले भने, “प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको बैठक बुधबार बस्ने तयारी छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।” सत्ता साझेदार भए पनि अहिलेसम्म सरकारमा सहभागी नभएको नागरिक उन्मुक्ति पार्टी सरकारमा जान सहमत भएसँगै सरकार विस्तारको तयारी गरिएको जनाइएको छ । नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र राज्यमन्त्री पाउन लागेको बताइएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको गत असारमा सवारी दुर्घटनामा परी निधन भएपछि यो मन्त्रालय मन्त्रीविहीन छ । बैतडी जिल्लाको प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको बुझिएको छ । दुई मन्त्री र एक राज्यमन्त्री नियुक्तिपछि प्रदेश सरकारले पूर्णता पाउने बताइएको छ ।
गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता शाहले यसअघि कांग्रेसका सत्ता साझेदार नेकपा 'माओवादी केन्द्र' र नेकपा 'एकीकृत समाजवादी'का प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् गठन गरेका थिए।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीमा कांग्रेसका प्रकाशबहादुर देउवा, आर्थिक मामिलामन्त्रीमा नेकपा 'एकीकृत समाजवादी' का नरेशकुमार शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नेकपा 'माओवादी केन्द्र' का रमेशसिंह धामी, सामाजिक विकास मन्त्रीमा माओवादी कै झपटबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा माओवादीका गीतादेवी माल हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार