बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १०:५१:०
१७ साउन, बेइजिङ । चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन् । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ ।
सरकारी प्रसारक ‘सीसीटीभी’ का अनुसार अगस्ट १ मा भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताएको छ । यससँगै अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै, उनीहरूलाई सामग्री पुर्याउन सैन्य हेलिकप्टरहरू तैनाथ गरिएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार बाढीको पानीले मानिसको घर भरिएको छ र हजारौं मानिस प्रभावित भएका छन् । उसका अनुसार बेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखि भारी वर्षा सुरु भएको थियो, जुन करिब ४० घण्टासम्म चलेको थियो। अविरल वर्षाका कारण अवस्था निकै नाजुक बनेको छ ।
राजधानी बेइजिङमा सडकहरू खोला जस्तै देखिन थालेका छन् । ग्लोबल टाइम्सले मंगलबार आफ्नो रिपोर्टमा हालसम्म २० जनाको मृत्यु भएको र १९ जना बेपत्ता रहेको बताएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य व्यापक रुपमा भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
हमास नेता सिनवारको मृत्यु भएको इजरायलको पुष्टि
कात्तिक २, २०८१ शुक्रबार
रूसी आक्रमणमा दश सिरियालीको मृत्यु
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
रविको दोस्रो जेल यात्रा, सहकारीले बजायो घण्टी
कात्तिक २, २०८१ शुक्रबार
भुटानसँग बराबरीमा रोकियो नेपाल
कात्तिक २, २०८१ शुक्रबार
बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ, आजै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार