दुई वटा विश्वयुद्ध देखेका संसारका सबैभन्दा बृद्ध व्यक्तिको निधन
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार ११:३१:१४
१७ साउन, सान पाओलो । विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको हालै निधन भएको छ । उनको उमेर १२७ वर्ष थियो। गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि मृत्यु भयो।
ब्राजिलका स्थानीय मिडियाका अनुसार जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेमा उनको घरमा मृत्यु भयो। रिपोर्टका अनुसार गोम्स चार वर्षअघि सम्म घोडा चढ्ने गर्थे । उनका सात छोराछोरी, २५ नातिनातिना, ४६ पनाति पनातिनी छन् ।
जोसको शरीरका धेरै अंगले काम गर्न छाडेका कारण उनको मृत्यु भएको परिवारले बताएको छ । २९ जुलाईमा उनलाई पेड्रा बोनिटाको कोरेगो दोस फिलहोस कब्रिस्तानमा गाडियो, जहाँ उनको सम्झना सधैँभरि रहनेछ।
गोम्सले जनावरहरूलाई पाल्ने काम गर्थे। उनले एक नम्र र सरल व्यक्तिको आफ्नो छवि सिर्जना गरेका थिए । उनले पूर्ण प्राकृतिक जीवनशैली बिताए। उनी औद्योगिक उत्पादनबाट टाढै रहे र ग्रामीण क्षेत्रका वस्तुलाई प्राथमिकता दिने गरेको थिए । उनको आहारमा स्थानीय रूपमा उब्जाइएको खानेकुरा समावेश थियो र उनी कहिले कहीं पिउने गर्थे।
पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त भएको छ। सन् १९१७ को विवाह प्रमाणपत्रका अनुसार गोम्सको जन्म ४ अगस्त १८९५ मा भएको थियो। यदि उनको उमेरको बारेमा उनको दाबी साँच्चै सही छ भने उनले दुवै विश्व युद्ध र तीन विश्वव्यापी महामारीको घटनाहरूका पनि आफू बाँच्न सफल भएका थिए ।
जोसकी नातिनी एलियान फरेरा भन्छिन् कि ग्रामीण इलाकाहरूमा मानिसहरूको जन्म प्रायः उमेर पुग्दा दर्ता गरिन्छ। जसका कारण कतिपय गलत कागजातका घटनाहरू बाहिर आउने गरेका छन् । उनले स्थानीय मिडियालाई भनिन कि जोस निश्चित रूपमा १०० वर्ष भन्दा बढी वा कम्तीमा ११० वर्षको थिए । जोसको नातिनीले भने कि अब मृत्यु प्रमाणपत्रमा जोसको उमेर कसरी लेखिनेछ भनेर थाहा पाउनु पर्छ।
यद्यपि यो स्पष्ट छैन कि जोसको उमेरलाई गिनिज वर्ल्ड रेकर्डले ध्यानमा राख्नेछ। हालको गिनिज वर्ल्ड रेकर्ड अनुसार स्पेनकी मारिया ब्रान्यास मोरेरा हुन्, जो ११५ वर्षकी भइन् र यसअघि सबैभन्दा वृद्ध व्यक्तिको उपाधि फ्रान्सेली महिला जीएन क्याल्मेन्टको हातमा थियो, जसको १२२ वर्षको उमेरमा १९९७ मा मृत्यु भएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार