नेपालको विकासका लागि अमेरिकी सहयोग नियोग महत्वपूर्ण साझेदार
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १२:२१:३९
१७ साउन, वासिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएको छ ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी श्रव्य दृश्य सामग्रीको मङ्गलबार वासिङ्टन डिसीमा शुभारम्भ गर्दै राजदूत खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताए । नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले युएसएआइडीले नेपालको विकासका लागि प्राथमिकतामा राखेका क्षेत्र कृषि, पर्यटन र सूचना प्रविधि भएको बताए । उनले भने, “युएसएआइडीले नेपालको पर्यटन बोर्डसँग मिलेर पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न पाएकामा हामी खुसी छौँ । आगामी दिनमा युएसएआइडीले नेपालको विकासका लागि सहयोग जारी राख्ने कौरले बताए ।
अमेरिकी टीभी च्यानल पीवीएसले नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी श्रव्यदृश्य सामग्री पाँच शृङ्खला तयार पारेर विभिन्न ठाउँमा प्रसारण गर्ने छ । पीवीएस च्यानलका कार्यक्रम प्रस्तोता तथा कार्यकारी निर्माता डेनिस व्होले तयार पारेको उक्त सामग्री अन्यत्र पनि प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत पिटर वोडे, एनआरएनका अध्यक्ष डा अर्जुन वञ्जाडे, दूतावासका अधिकारीलगायतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
पोर्चुगलमा घुम्ती सेवाबाट तीन हजारभन्दा बढीले लिए सेवा
पुष ८, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार