आर्थिक वर्षको सुरुमै सरकारले उठाउन थाल्यो आन्तरिक ऋण, १० अर्बको विकास ऋणपत्र बिक्रीमा
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १२:२३:४१
१७ साउन, काठमाडौं । आर्थिक वर्षको सुरुवाती महिना साउनबाटै सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । चालू आर्थिक वर्षको बजेटमा तय गरेको वार्षिक लक्ष्य अनुसार यही साउनदेखि नै आन्तरिक ऋण उठाउन लागिएको हो । यसै अनुसार नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्रीका लागि सूचना जारी गरेको छ । ऋणपत्रका लागि भोलि बिहीबार साउन १८ गते दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको जनाएको छ । उक्त विकास ऋणपत्रको परिपक्व अवधि ६ वर्षको रहेको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले आउँदो पुससम्म १ खर्ब १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ । जसअनुसार पुससम्ममा १ खर्ब १० अर्ब रूपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउन लागिएको छ ।
सरकारको लक्ष्य अनुसार राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलगायत औजारमार्फत आन्तरिक ऋण उठाउदै आएको छ । गत आर्थिक वर्षमा सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकोमा त्यसको ९९ प्रतिशत प्रगति भएको थियो ।
यद्यपि गत वर्ष सरकारले पहिलो त्रैमासमा आन्तरिक ऋण संकलन नगरी दोस्रो त्रैमासबाट मात्र सुरु गरेको थियो । यस वर्ष वित्तीय प्रणालीमा तरलता अधिक रहेको र ब्याजदर पनि कम रहेकाले आर्थिक वर्षको सुरु देखि नै आन्तरिक ऋण उठाउन लागेको हो ।
चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ५५ अर्बको ट्रेजरी बिल, १ खर्ब ७९ अर्ब विकास ऋणपत्र ५ अर्बको नागरिक बचत पत्र र १ अर्बको वैदेशिक रोजगार बचत पत्र निष्कासन गर्ने भएको छ । चालू आवमा निष्कासन गर्ने आन्तरिक ऋणमा ट्रेजरी बिलको हिस्सा २२.९ प्रतिशत, विकास ऋणपत्रको हिस्सा ७४.६ प्रतिशत, नागरिक बचत पत्रको हिस्सा २.१ प्रतिशत र वैदेशिक रोजगार बचत पत्रको हिस्सा ०.४ प्रतिशत रहेको तालिकामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
कजाकिस्तानमा जहाज दुर्घटना, २५ जनाको जीवितै उद्धार
पुष १०, २०८१ बुधबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार