प्रधानमन्त्री प्रचण्डको परिवारवादले मोरङ माओवादीमा तनाव, ज्वाइँ आचार्यलाई जति पटक सरकार उति पटक मन्त्री
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १३:४:५६
१७ साउन, काठमाडौं । लामो राजनीतिक खिचातानीपछि बनेको कोशी प्रदेश सरकारमा मुख्यमन्त्री उद्धव थापाले शपथ नलिँदै तनाव उत्पन्न भएको छ । मुख्यमन्त्रीको शपथ रोक्नुपर्ने गरी माओवादीमा मन्त्री बन्ने विवाद आएपछि तयारी अवस्थामा रहेको शपथ कार्यक्रम साँझ ५ बजेका लागि सार्नुपरेको छ ।
जति पटक सरकार बनेपनि मन्त्री बन्नै पर्ने र बनाउनै पर्नै नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई यसपटक पनि मन्त्री बनाउनुपर्ने केन्द्रको दवावका कारण मोरङ माओवादीमा यति बेला निकै ठूलो दवाव सिर्जना भएको छ ।
यो पटक पनि प्रधानमन्त्री प्रचण्डका ज्वाइँ जीवन आचार्यले सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई रोकेर आफैं मन्त्री बन्ने अडान राखेपछि माओवादीभित्रको विवादले बिहानको शपथग्रहण रोकिएको हो ।
नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम राखिएको थियो । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णय माओवादीले गरेको थियो । तर, एक्कासि गौतमको ठाउँमा जीवन शर्मालाई मन्त्री बनाउनुपर्ने दवाव आएपछि विवादले उग्ररुप लिएको छ ।
मुख्यमन्त्री थापाले जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी गरी ४ सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा शपथ लिने तयारी गरेका थिए ।
सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने निर्णयमा पुगेका बेला प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यले अन्तिम समयमा मन्त्रीमा दाबी गरेपछि माओवादीभित्र विवाद बढेको हो ।
उनलाई मन्त्री बिनाउन प्रधानमन्त्री प्रचण्डले दवाव दिएको बताइएको छ । माओवादी संसदीय दलले गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा शपथग्रहण गराउने निर्णय गरेको थियो । यो निर्णय भएलगत्तै ज्वाइँ आचार्य माथिको चाहना भन्दै आफू नै मन्त्री बन्न अगाडि सरेका थिए । यसैले माओवादी प्रदेश कमिटीमा विवाद चुलिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार