लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न माग, प्रभावित किसानलाई क्षतिपूर्ति दिइनुपर्ने
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १३:१५:३४
१७ साउन, काठमाडौं । लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न सरकारसँग माग गरेको छ । साथै रोगबाट प्रभावित किसानलाई तत्काल उचित क्षतिपूर्ति दिन समेत सरकारको ध्यानाकर्षण गराउँदै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
एमाले काठमाडौँ महानगरपालिका कमिटीले बुधबार लम्पी स्किन रोगलाई महामारी घोषणा गर्न र रोगबाट प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति उपलव्ध गराउन माग गरेको हो । प्रदर्शनमा सहभागीहरुले रोग लागेका पशुहरुको निशुल्क उपचार तथा औषधी वितरण, किसानलाई क्षतिपूर्ति तथा राहत र सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले आजै सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ ।
रोग हाल देशैभर फैलिइसकेको र यसबाट हालसम्म गाई, गोरु र भैसीं गरेर २९ हजार बढी मरिसकेको सरकारी तथ्यांकले देखाएको छ । यो रोगका कारण गोरु बिरामी पर्ने र मर्ने घटनाका कारण पहाडी क्षेत्रमा धारन रोपाइँ समेत प्रभावित हुन पुगेको छ । चालु आवमा चामलको संकट निम्ति विज्ञहरुले औल्याएका छन् । पहाडी क्षेत्रका किसान खेतीका लागि बाह्रै महिना गोरुमा भर पर्दै आएका छन् । गोरु अभाव परेपछि यो वर्ष पहाडमा धेरै किसानले खनेर धान रोपाइँ गरेका छन् ।
रोगले महामारी रुप लिइसकेको अवस्थामा पनि आफूहरुले सरकारबाट औषधोपचार पाउन नसकेको किसानहरुले गुनासो गरिरहेका छन् । औषधि पनि महंगो पर्ने भएकाले पशुलाई खुवाउन मुश्किल परेको उनीहरुको दुखेसो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार