सीडीओ कार्यालय परिसरमा विष सेवन गरेका मिटरब्याज पीडितको ज्यान गयो
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १३:३१:४५
१७ साउन, काठमाडौं । मोरङको जिल्ला प्रशासन कार्यालय परिसरमा विष सेवन गरेका मिटरब्याज पीडितको ज्यान गएको छ । यही साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा पीडक (मिटरब्याजीसँग) भएको छलफल कार्यक्रमपछि बाहिरिने क्रममा परिसरमै विष सेवन गरेका विनित सोनारको उपचारका क्रममा नोबेल अस्पतालमा ज्यान गएको हो ।
ज्यान गुमाउने ३२ वर्षीय सोनार कटहरी गाउँपालिका–३ का बासिन्दा भएको खुलेको छ । उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोनार मिटरब्याजी नितेष तिवारीबाट पीडित थिए । उनकी श्रीमती रीता सोनारले मिटरब्याजी तिवारी विरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएकी छन् । त्यसमाथि दुवै पक्षबीच छलफल गराउने क्रम चलिरहेका बेला विष सेवन गरेका थिए ।
विनितले व्यवसाय गर्न तिवारीबाट ४ वर्ष पहिले ७ लाख ऋण लिएको र त्यसमा १५ लाख तिरिसकेको अवस्थामा तिवारीले १२ लाखको थप दाबी गरेपछि विनित तनावमा परेका थिए । छलफलमा तिवारीले अडान नछाडेपछि पीडित विनितलाई प्रहरीले पक्राउ गरेको र त्यस क्रममा उनले विष सेवन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार