सभामुखबाट राजीनामा दिएका बाबुराम बन्ने भए आर्थिक मामिला मन्त्री
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १४:४९:१७
१७ साउन, काठमाडौं । मंगलबार नियुक्त भएका मुख्यमन्त्री उद्वव थापाको मन्त्रिमण्डलमा पहिलो चरणमा गठबन्धन दलबाट बन्ने मन्त्रीको नाम टुंगो लागेको छ । यसअघि गठबन्धनका घटक माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा बुधबार बिहान साढे १० बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो ।
दिनभर गरेको छलफलमा माओवादी केन्द्रले सभामुखबाट हिजो मात्र राजीनामा गराएका प्रदेश सांसद बाबुराम गौतमलाई पहिलो चरणमा मन्त्री बनाउने टुंगो लगाएको छ । गाैतमविरूद्ध प्रधानमन्त्री प्रचण्डका ज्वाइँ जीवन आचार्य उभिएपछि मन्त्रीमा विवाद बनेकाे थियाे । तर आचार्य पछि हटेका छन् ।
याेसँगै अब मुख्यमन्त्री थापासहित गठबन्धन दलबाट समेत गरी ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने भएको छ । साथै आजै बेलुका ५ बजे मुख्यमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण हुनेछ । गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरिने तयारी भएको छ ।
यस्तै, एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार र नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिने भएको छ ।
संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापा मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
थापाले नियुक्त भएकाे ३० दिनभित्र प्रदेशसभाबाट विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि मुख्यमन्त्री रहेका एमालेका हिक्मतकुमार कार्की विश्वासकाे मत पाउन नसक्दा गत असारकाे तेस्राे साता पदमुक्त हुन पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार