बाँसुरी वादनमा चम्किएका दिनेश
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १५:९:१
१७ साउन, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय दिनेश पुन कक्षा पाँचसम्मको अध्ययनका लागि छिमेकी गाउँ सातबिसेको पुन्यजन आधारभूत विद्यालयमा जाने गर्थे । बाबियाचौरदेखि सातबिसेको विद्यालय जाँदा र घर फर्कंदा बाटो काट्ने क्रममा उनले सिकेको बाँसुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ ।
“बाबियाचौरको माविमा धेरै विद्यार्थी भएकाले पढाइ राम्रो हुँदैन भनेर आमाले मलाई थोरै विद्यार्थी भएको सातबिसेमा पढ्न पठाउनुभएको थियो,” दिनेशले भने “स्कुल जाँदा र घर फर्कँदा बाटो काट्न बाँसुरी बजाउने गर्दथेँ । अहिले त्यही कला मेरो जीविकोपार्जनको आधार बनेको छ ।”
बाटो हिँड्दा, मेलापात जाँदा, विद्यालय र गाउँको कार्यक्रममा सीमित रहेको दिनेशको बाँसुरी बजाउने कलाले विसं २०६२ मा बेनीमा भएको म्याग्दी महोत्सवमा उजागर हुने मौका पायो । अहिले उनलाई मेला, महोत्सव, महायज्ञमा बाँसुरी बजाउन आयोजकले शुल्क तिरेर बोलाउँछन् । ‘लाइभ कार्यक्रम’मा पनि आयोजकले बाँसुरी बजाउन दिनेशलाई बोलाउने गर्छन् ।
“विदेश जाने प्रयास सफल भएन,” उनले भने “आम्दानीको अन्य स्रोत र ब्यापार व्यवसाय पनि छैन । सत्र वर्षदेखि बाँसुरी बजाएर आफ्नो खर्च र घरखर्च चलाएको छु ।” महायज्ञ र महोत्सवमा बासुरी बजाएको एकमुस्ट रु ३५ हजार शूल्क लिने र अन्य कार्यक्रममा दैनिक रु पाँच हजार शुल्क लिने गरिएको उनले बताए ।
आठ÷नौ वर्षको उमेर देखि नै बाँसुरीमा ‘टक’ बसेपछि बासुरी नै दिनेशको भाग्य चम्काउने माध्यम बनेको छ । बासुरीका प्वालमा हात चल्न थालेपछि भोक र निद्रासमेत विर्सिने उनी बताउछन् । म्याग्दीका साथै काठमाडौ, पोखरा, चितवन, रुपन्देही, पर्वत, बाग्लुङ, स्याङ, तनहुँमा आयोजना हुने महायज्ञमा दिनेशलाई बोलाउने गर्छन् ।
उनले बजाएको बासुरीको धुन युट्युबबाट हेरेर, सुनेर पैसा र उपहार पनि पठाउँछन् । कृष्णराज पौडेलले ‘हाम्रो म्याग्दी’ ‘युट्युब च्यानल’मा पोष्ट गरेको बाँसुरी बजाएको भिडियो हेरेर बुटवल पुगेका बेला त्यहाँका एक होटल सञ्चालकले सम्मानस्वरुप खाना खुवाएर पठाएका थिए ।
दोहोरी गित गाउने र मादल बजाउने कला पनि दिनेशसँग छ । केही दिन कास्कीको ल्याङ पुगेका उनको कलाबाट प्रभावित भएर त्यहाँको होमस्टे सञ्चालक दीपक गुरुङले फेरि आउँदा निःशुल्क खाने र बस्ने व्यवस्था मिलाउने घोषणा गरेका थिए। जस्तोसुकै लयमा पनि बाँसुरीको धुन निकाल्न सक्नु दिनेशको विशेषता रहेको लोक गायक अमित विश्वकर्माले बताए । “दिनेश प्रतिभाशाली कलाकार हुन्,” उनले भने “उनले अवसर पाउनु भयो भने राष्ट्रिय अन्तर्राष्ट्रियस्तर स्थापित बाँसुरी वादक बन्न सक्ने कला र क्षमता छ ।”
दिनेश बाँसुरीबाट विभिन्न किसिमका धुन निकाल्छन् । बाँसुरीको धुन सुन्दासुन्दै कतिपयको त आँखाबाट आँसु नै झर्न थाल्छ । परिवारका एक्ला सन्तान उनको जिवन निकै सङ्घर्षमय छ । बुबाले हेला गरेका दिनेशलाई आमाले नै हुर्काए । आमाको पनि चार वर्षअघि निधन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार