सात लाख पार्टी सदस्य रहेको माओवादी केन्द्रकाे दाबी, ‘जनतासँग पार्टी’ अभियान संचालन गरिने
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १५:२९:०
१७ साउन, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पार्टीमा साढे ७ लाख जना पार्टी सदस्य रहेको दाबी गरेको छ । काठमाडौंमा जारी पार्टीको चौथो पूर्ण बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको हो ।
पार्टी पार्टी जस्ता हुन नसकेको भन्दै अध्यक्ष प्रचण्डले पार्टीलाई जनताको घरदैलोमा पुर्याउन तीन महिनासम्म ‘जनतासँग पार्टी अभियान संचालन गर्नुपर्ने प्रस्ताव राखेका छन् । पार्टीमा देखिएका राजनीतिक, वैचारिक तथा सांस्कृतिक चुनौती हल गर्दै जनताको भरोसायोग्य पार्टी निर्माणको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । वडा स्तरबाट जनताका गुनासो संकलन गर्नुपर्ने उनले प्रस्ताव गरेका छन् ।
साथै पार्टीका नेता तथा कार्यकर्ता सहर, सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकाममा केन्द्रित हुने, पद र प्रतिष्ठाका लागि जस्तोसुकै गतिविधि अपनाउने, अपारदर्शी जीवनशैली बढेकाले निर्मम समीक्षा र शद्धिकरण अभियान संचालन गरिने जनाइएको छ ।
पार्टीभित्र समाजवाद उद्देश्य प्राप्तिका लागि व्यापक रुपमा बहस, अन्तरक्रिया र प्रशिक्षण संचालन गरिनुपर्ने औल्याइएको छ । पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका काम र गणतन्त्रका उपलब्धि प्रचारप्रसार गर्न आइटी तालिम टिम निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार