शहरमा सुनको चर्चा, गाउँमा नुनको : ५ केजी नुनलाई ५ हजार !
नुन लिन नागरिकताको फोटाकपी बुझाउनु पर्ने

नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १६:१०:४९

१७ साउन, मुगु । देशको राजधानी काठमाडौंमा अहिले सुनको चर्चा छ । तर दूरदराजको मुगुमा भने चर्चा नुनको छ । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सयदेखि ५ हजार रुपैयाँ सम्म खर्च गर्नु पर्ने अवस्था आएपछि दुर्गममा सिंहदरबार व्यवहारमा पुग्न नसकेको नुनकै अभावले पुष्टि गरेको छ ।
नुन लिन नागरिकताको फोटाकपी बुझाउनु पर्ने
मुगु जिल्लामा रहेको एक नगरपालिका र ३ गाउँपालिकालाई लक्षित गरी आर्थिक बर्ष २०८९।०८० का लागि ३ हजार ३ सय ९० क्वीन्टल नुन जिल्लामा आए पनि हिजो आज नुनको अभाव हुन थालेको छ । हप्ताको ३ दिन नुन कार्यालय खुल्ला गरी सोरु र खत्याडको प्रशासनको सिफारिसमा स्थानीय नागरिकलाई नागरिकताको फोटोकपी र हातको नङ्गमा रेजा लगाएर प्रति ब्यक्ति ५ के.जी नुन दिने गरिएको छ ।
अनुदानको सरकारी नुन खान नपाएको ५ ÷ ६ बर्ष भएको र नजिकको स्थानीय बजारमा सरकारी अनुदानको ९ रुपैयाँले पाउने १ केजी नुन ६० देखि ८० रूपैयाँसम्म रुपैयाँ तिरेर खानु पर्ने वाध्यता रहेको स्थानीयको गुनासो छ ।
३ दिन लगाएर गाउँबाट आउँदा नुन महंगो बन्यो
मुगमु कामारोङ्ग गाउँपालिका ५ मुगुकी सोनामफुटी लामा २÷३ दिन लगाएर ५ केजी नुन लिन सदरमुकाम गमगढी आवतजावत गर्दा गाडी भाडा र खान ५ हजार भन्दा बढी खर्च हुने गरेको दुखेसो पोख्छिन् । सिंहदरबारको अधिकार गाँउ गाँउ आयो भनेर प्रचार गरिएको छ तर उनी भने कहाँ आयो भन्दै गाउँमा आएको सिंहदरबार देखाइदिन आग्रह गर्छिन् ।
५ केजी नुन पशु चौपायालाई खुवाउनु कि आफु खानु ?
नुनको अभावको गुनासो गर्दै छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ बस्ने बिसुकला रावत भन्छिन् ‘ नुन लिन आउँदा १५ ÷ १६ सय रुपैया खर्च हुन्छ, ५ के.जी नुन पाईयो घरमा गाई गोरु भेडा बाख्रा भैसी छन । आफु खानेकी पशु चौपायालाई खुवाउने ५ पोका नुन लिनको लागि पनि नागरिकताको फोटोकपी गर्न १० रुपैया तिरियो हातको नङ्गमा चिन्ह समेत लगाउँदा रहेछन् दुःख बढी नुन कम पाइयो । ’
अनुदानको नुन सस्तो हुँदा जिल्ला बाहिर गएको हुन सक्ने आशंका
सोरु र खत्याड नगरपालिकालाई १ ÷ १ हजार क्विन्टल नुन वितरण गरिसकेको र छायानाथ रारा नगरपालिका र मुगम कामारोङ्ग गाउँपालिकालाई १ हजार ३ सय ९० क्वीन्टल नुन वितरण भइसकेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा बताउँछन् । अनुदानमा आएको नुन प्रति केजी ९ रुपैयाँ पर्दा सस्तो भएको हुँदा सबैको भीड सदरमुकाम हुने र बाहिरी जिल्ला बाँके र सुर्खेत सम्म जाने गुनासो आएपछि प्रहरी मार्फत चेक जाँच र निगरानी समेत बढाएको प्रजिअ थापाले बताए । तर मुगुमा नुनको अभाव भने नरहेको पनि उनको भनाइ थियो ।
यता जिल्ला साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले मुगुमा अहिले ३ सय ५० क्वीन्टल नुन मौज्दात रहेको बताए । मुगु जिल्लामा नुनको अभाव प्रत्येक बर्ष हुने गरेको छ । जिल्लामा रहेका राजनीतिक दल ,जनप्रतिनिधि र जिल्लामा रहेका सरोकारवालाहरुको केन्द्रमा पहुँच नहुँदा हरेक बर्ष मुगु लगाएत कर्णालीका सबै जिल्लामा नुन अभाव हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
नेपालमा बसेर अनलाइनमा डेढ अर्ब बढीको जुवा, हारजितको रकम भारतका विभिन्न बैंक खातामा जम्मा
फागुन ६, २०८१ मंगलबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार