माइतीबाट घर फर्किएकै दिन मृत्यु भएकी संजिता चाैधरीको हत्या भएको आंशका
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १६:१८:५७
१७ साउन, काठमाडौं । कैलालीको धनगढीमा एक महिला माइतीबाट घर पुगेकी दिन मृत्यु भएको घटनालाई शंकास्पद रुपमा हेरिएको छ ।
धनगढी उपमहानगरपालका–१७ धुर्जुना माइती भएकी २४ वर्षीया संजीता चौधरी भजनी नगरपालिका–५ लालबोझीस्थित आफ्नै घरमा मंगलबार राति मृत अवस्थामा फेला परेकी थिइन् ।
उनी मंगलबार दिउँसो माइती घरबाट धनगढी बजारबाट १२ बजे बस चढेर २ बजे घर पुगेकी थिइन् ।प्रेम विवाह गरेकी उनी श्रीमान सुवेत यादवको भौतिक र मानसिक यातनाबाट पीडित थिइन् । सोही दिन सुवेत भारत जान्छु भन्दै घरबाट निस्किएका र सोही दिन संजिताले घरमा झुण्डिएर आत्महत्या गरेको दाबी घर पक्षले गरेको छ ।
तर माइती पक्षले संजीताको आत्महत्या नभई हत्या भएको दाबी गरेको छ । घटनाको छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । संजिताको मोवाइल स्वीच्ड अफ गरिएको अवस्थामा श्रीमान सुवेतसँग फेला परेको प्रहरीको दाबी छ । सुवेतलाई नियन्त्रण लिन माइती पक्षले दबाब दिइरहेको छ ।
माइती पक्षकाे उपस्थितिबिना नै मृतकको टीकापुर अस्पतालमा पोष्टमार्टम समेत गरिएकाे र यसबाट संजिताकाे आत्महत्या नभएर हत्या नै भएको पुष्टि गरेकाे माइती पक्षकाे दाबी छ ।
घटनाबारे जाहेरी भने नपरेको प्रहरीको भनाइ छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार