एसिया रग्बी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता भदौमा काठमाडौंमा हुने
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १६:५९:३८
१७ साउन, काठमाडौं । एसिया रग्बी यु-२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता – २०२३ काठमाडौंमा हुने भएको छ । आगामी भदौ २ र ३ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा एसियाका ७ देशहरूको सहभागिता रहने भएको छ ।
नेपालले यस अघि इतिहासमा नै पहिलो पटक एसिया रग्बी यु १८ सेभेन्सको आयोजना गरेको हाे । अहिले पाएको यो अवसर दोस्रो ठूलो अन्तर्राष्ट्रिय अवसर हो । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले आयोजनाका लागि नेपाललाई अवसर प्रदान गरेर विश्वास गरेको भन्दै एसियाली रग्बी संघप्रति आभार व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले भने ‘ प्रतियोगिता सफल रुपमा सञ्चालन गर्न रु ७२ लाख खर्च हुने अनुमान गरिएको छ , यसका लागि एसिया रग्बी, राष्ट्रिय खेलकुद परिषद, बागमती प्रदेश खेलकुद परिषद र विभिन्न प्रायोजकहरूले साथ दिएका छन् । ’
प्रतियोगितामा एसियाका सात देशहरु भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ,उज्वेकिस्तान र आयोजक नेपालको सहभागिता रहने छ । नेपाली यु २० राष्ट्रिय टोली अहिले पोखरामा प्रशिक्षणमा व्यस्त रहेको पनि नेपाल रग्बी संघले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने सांसदबाट निलम्बित
नेपालबहस संवाददाता
पुष ८, २०८१ सोमबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
विभिन्न देशसँग संसदीय मैत्री समूह गठन, कांग्रेसले पायो अमेरिकासहित १४ देशको नेतृत्व
पुष ११, २०८१ बिहिबार
क्रिसमसमा सौतेनी भाइको सन्तानकी आमा बनिन् चर्चित अभिनेत्री
पुष ११, २०८१ बिहिबार
ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग
पुष ११, २०८१ बिहिबार
भारतीय चर्चित गायक सोनु निगमले गरे पशुपतिनाथको दर्शन [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
साइपाल हिमालको आधार शिविर क्षेत्र
पुष ११, २०८१ बिहिबार