२०४८ सालदेखि कांग्रेसले नेकपा एमालेमाथि चरम दमन सुरु गरेको होः अध्यक्ष ओली
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १७:१९:४४
१७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०४८ सालमा सरकार बनेदेखि नेकपा एमालेमाथि चरम दमन भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तुलसी लाल अमात्यको २६ औ स्मृति दिवसको अवसरमा अध्यक्ष ओलीले दमनबाट एमालेका धेरै कार्यकर्ता पीडित भएको बताए ।
उनले भने,‘२०४८ सालमा सरकार बनेपछि नेकपा एमालेमाथि यति ठूलो दमन भयो कि त्यो अहिले पनि जारी नै छ । कांग्रेसले दमन गर्यो । ४८ को चुनावमा सीपी मैनाली जी भाग्यमानी भएकाले बञ्चराले हान्दा पनि बच्नु भो, प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले बञ्चराले हानेको थियो । नेपाली कांग्रसले बञ्चरोको धारले सीपी मैनालीको टाउकोमा हान्न खोजेका थिए ।
अध्यक्ष ओलीले त्यति वेलादेखि एमालेले धेरै कुरा भोगेको बताए । निरङ्कुश राजतन्त्र र पञ्चायत ढाल्दासम्म जेल नेल भोगेर आन्दोलन गरेर आफुहरु अगाडि बढेको चर्चा गर्दै उनले ३० हजार एमालेका कार्यकर्तामाथि निरंकुश सरकारले क्रुर दमन गरेको पनि बताए । अध्यक्ष ओलीले अहिले नेकपा एमालेको चरित्र हत्या गर्न, बदनाम गर्न र विस्थापित गर्न घिन लाग्दो प्रचार भइरहेको आरोप पनि लगाए ।
उनले सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउ भन्दा सरकारले नमानेको समेत बताए । ‘किन मान्दैन सरकार ? हामी छानबिन गर्दैछौ भन्छ । उहाँहरू आफै मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्छु’, ओलीको भनाइ छ ।
उनले सुन तस्करीबारे संसदमा गृहमन्त्रीको जवाफ सुनौँ भन्दा समेत नमानेको बताए । उनले त्यत्रो सुन ल्याउँदा सबैले देख्ने तर सरकारले नदेख्ने गरेको बताए । अध्यक्ष ओलीले यत्रो तस्करी हुँदा कांग्रेस पार्टी चुइँक्क बोल्न नसकेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै भने, ‘म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई भन्न चाहन्छु । देउवा जी तपाईँले क्विन्टल क्विन्टल सुन तस्करी भएको सुन्नु भएको छ कि छैन ? के छ तपाईंको विचार ?’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमालेले बाहेक अरूले देश चलाउनै नसक्ने दाबी समेत गरे । ‘सकेन नि । दश टाउके भएर पनि चलाएनन् । हामी हुँदा त्यत्रो कोभिड हुँदा पनि देश तहसनहस हुन दिएका थिएनौ । हामी हुँदा ३,४ लाख विदेश गएका थिए अहिले ११ लाख गएका छन्’, ओलीले भने, ‘त्यति धेरै मान्छे विदेश गए पनि १० खर्व रेमिट्यान्स पनि आउँदैन ।’
अध्यक्ष ओलीले राष्ट्रिय हितका लागि काम गर्न एमालेले मिसन २०८४ अभियान चलाएको पनि बताए । उनले भने, ‘देशलाई माया गर्ने र परिवर्तनकारी शक्तिहरू सानातिना कुरा छोडेर आउनुस् परिवर्तनका लागि एकजुट भएर अघि बढ्नुपर्छ । राष्ट्रिय शक्ति बन्नुपर्छ । एमाले राष्ट्रिय शक्तिको अगुवामा मात्र हुन सक्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार