बाढीले क्षतिग्रस्त ३० जलविद्युत आयोजनालाई पुनर्कर्जा दिन राष्ट्र बैंक सहमत, अनुमानित ९ अर्ब बराबरको क्षति
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १७:४४:२९
१७ साउन, काठमाडौं । केही दिन अघिको बाढीले क्षतिग्रस्त बनेका ३० वटा जलविद्युत आयोजनालाई पुनर्कर्जा दिने विषयमा नेपाल राष्ट्र बैंकले सहमति जनाएको छ । जेठ ३२ र असार १ गते पूर्वी नेपालको पहाडी जिल्लामा आएको बाढीले १३ वटा सञ्चालनमा रहेका र १७ वटा निर्माणाधीन आयोजना क्षतिग्रस्त भएका थिए । ती आयोजनालाई सस्तो ब्याजदरमा पुनर्कर्जा दिन राष्ट्र बैंक सहमत भएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), नेपाल बैंकर्स एसोसिएसन र नेपाल राष्ट्र बैंकबीच मंगलबार बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा राष्ट्र बैंकले बाढीले क्षतिग्रस्त जलविद्युत आयोजनालाई पुनर्कर्जा दिन सहमति जनाएको हो । बाढीले क्षतिग्रस्त आयोजनालाई रिफाइनान्सको सुविधा दिन, ब्याज पुँजीकरण र कर्जा पुनसंरचना गरिदिन राष्ट्र बैंकलाई इप्पानले आग्रह गरको थियो ।
बाढीले क्षति पुर्याएका आयोजनामध्ये केही आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति नाघ्दा बैंकले कर्जा भुक्तानी गर्न दबाब दिएका थिए । आयोजनाको ब्याज पुँजीकरण गरे पनि बैंकलाई लाभांश बाँड्न रोक नलगाउने व्यवस्था गरिदिन पनि इपानले आग्रह गरेको थियो । राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशनअनुसार जलविद्युत आयोजनामा लगानी गरेर बत्ती नबलुन्जेलसम्मको ब्याज आम्दानीलाई नाफामा देखाउन पाए पनि बैंकले लाभांश बाँड्न नपाउने व्यवस्था गरेको थियो ।
त्यस्तो कर्जा पुनसंरचना गर्दा कर्जा रकमको साढे १२ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाका कारण पनि बैंकहरुको नाफा घट्ने गरेको छ । यही व्यवस्थाका कारण बैंकहरू जलविद्युत आयोजनामा लगानी गर्नसमेत डराउदै आएका थिए । पुरानै व्यवस्थाअनुसार ब्याज पुँजीकरण गरे पनि उक्त आम्दानीबाट लाभांश बाँड्न पाउने र थप रकम प्रोभिजनिङ गर्नु नपर्ने व्यवस्था गरिदिनुपर्ने इप्पानको माग थियो ।
इप्पानले उठाएका माग सम्बोधन गर्न राष्ट्र बैंक सकारात्मक बनेको बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । उनले बाढीले क्षति पुर्याएका आयोजनालाई पुनर्निर्माण अवधिभर पुनर्कर्जा दिन राष्ट्र बैंक तयार रहेको बताए । ब्याज पुँजीकरण र कर्जाको पुनर्तालिकीकरण गर्न सहजीकरण गर्न भन्दै उनले बाढीले क्षति पुर्याएका आयोजनाको पुनर्निर्माणका लागि राष्ट्र बैंक र बैंकको मात्रै भर नपरी केही रकम प्रवद्र्धकले पनि राख्नु पर्नेमा जोड दिएका थिए ।
जेठ ३२ र असार १ गते पूर्वी नेपालमा आएको बाढीले करिब ९ अर्ब रुपैयाँ बराबरको क्षति भएको थियो । छलफलमा सञ्चालनमा आइसकेका आयोजनाको जोखिम भार घटाएर नयाँ आयोजनालाई लगानी जुटाउन सहज बनाइदिन आग्रह गरिएको थियो । सञ्चालनमा आएर नियमित कर्जा तिरेका, ५० प्रतिशत कर्जा चुक्ता गरिसकेका आयोजनाको जोखिम भार घटाउँदा अन्य आयोजनालाई कर्जा पाउन सहज हुने इपानको भनाइ थियो ।
सुरुवातमा १ वर्षका लागि पुनर्कर्जा दिने र आवश्यकता अनुसार त्यसलाई नवीकरण गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरहरु बमबहादुर मिश्र र निलम ढुङ्गाना, प्रवक्ता गुणाकर भट्टलगायतका अधिकारीहरू सहभागी थिए । इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा र सदस्य कुवेरमणी नेपाल सहभागी थिए भने बैंकर एसोसिएसनका तर्फबाट अध्यक्ष सुनिल केसी, उपाध्यक्ष सन्तोष कोइराला, पूर्व अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गाना लगायतको सहभागीता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
पूर्वराजा शाह अर्को साता नेपालगञ्ज भ्रमणमा
मंसिर १२, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार