नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ, ४ सदस्यीय मन्त्रिमण्डल गठन
नेपालबहस संवाददाता
साउन १७, २०८० बुधबार १७:५०:१८
१७ साउन, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका हुन् ।
प्रदेश प्रमुख खापुङले थापालाई संविधानको धारा १६८ को २ बमोजिम मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए । थापा महिना दिनमै दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् । यसअघि गएको असार २१ मा मुख्यमन्त्री बनेका थापा साउन ११ मा सर्वोच्च अदालतबाट भएको परमादेशका कारण पदमुक्त हुन पुगेका थिए । त्यसपछि खापुङबाट भएको आह्वानमा कांग्रेस, माओवादी कैन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थनमा पुनः मुख्यमन्त्री बनेका हुन् ।
आफूले शपथ लिएसँगै मुख्यमन्त्री थापाले सानो मन्त्रिपरिषद् समेत गठन गरेका छन् । निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् ।
उनले कांग्रेसका प्रदीपकुमार सुनुवार खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, एकीकृत समाजवादीका कमलप्रसाद जबेगु सडक पूर्वाधार तथा भौतिक विकासमन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरुले पनि शपथ लिएका छन् । माओवादी केन्द्रले मन्त्री बन्ने पात्रको नाम टुंगो लगाउन बुधबार बिहान साढे १० बजेका लागि तोकिएको शपथ बेलुका ५ बजेका लागि सारिएको थियो ।
शपथ ग्रहण कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई भने बोलाइएन । यसअघि एमाले कोशी प्रदेशको संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा दायर गराएको मुद्दामा थापा पदमुक्त भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार