किड्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार ११:३८:४०
१८ साउन, काठमाडौं । किड्स कलेज र नामीद्वारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारीको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उद्यमशील शिक्षामा अग्रणी काठमाडौंस्थित किंड्स कलेज तथा नेपालको शीर्ष अनुसन्धान संस्थान नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्चले संयुक्तरुपमा आर्टिफिसियल इन्टेलीजेन्स सम्बन्धि शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेको हो ।
उद्यमशीलताका साथमा सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिँदै आएको किड्स कलेज र एआई शिक्षालाई सबैको माझ पुर्याउनुपर्छ भन्ने प्राथमिकता भएको वैज्ञानिक अनुसन्धान संस्थान नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नैं एआई शैक्षिक पाठ्यक्रमअन्तर्गतको ६ महिने कक्षा सञ्चालन गर्ने जनाएको छ । यी दुई संस्थाको सहकार्यमा भविष्यमा आर्टिफिसियल इन्टेलीजेन्ससम्बन्धि विभिन्न विशिष्ट तथा एकीकृत पाठ्यक्रमको विकास गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
किड्स कलेज र नामीले व्यक्ति तथा संस्थाहरूको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नको लागि आवश्यक उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नको लागि हातेमालो गरेका हुन् । कार्यक्रमको प्रथम चरणमा सूचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरे तापनि पछि आर्टिफिसियल इन्टेलीजेन्स् क्षेत्रमा रुचि राख्ने जो कसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउने जानकारी कलेजले दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
म्यानमारको अराकान आर्मीले महत्त्वपूर्ण सीमा क्षेत्र कब्जा गर्दा बंगलादेशमा असर
पुष १०, २०८१ बुधबार