भारतीय सिमानाको मटिहानीमा सबैभन्दा अग्लो राष्ट्रिय झण्डा
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १२:३१:१५
♦ विशाल बस्नेत
१८ साउन, महोत्तरी । भारतको मधुवनी जिल्लासगैँ जोडिएको मटिहानी नगरपालिकाले मंगलबार देशकै सबैभन्दा अग्लो झण्डा फहरायो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थितिमा उद्घाटन गरिएको उक्त ११० फिट अग्लो नेपालको झण्डा विशेष गरि मधुवनी जिल्ला लगायत विहारका धेरै भारतीयहरुले देख्न सक्छन् ।
सिमानामा रहेका पालिकाहरुले राष्ट्रियताका सवालमा विभिन्न आरोप खेपिरहेको वेला मटिहानीले फहराएको झण्डा सामान्य लागेतापनी निकै ठूलो अर्थ बोकेको अनुमान लगाउन सकिन्छ ।
मधेशका सिमानामा रोटिबेटीको समबन्धसगैँ राष्ट्रियताका सवालमा स्थानीयहरु इमानदार नभएको संगिन आरोपका बीचमा मटिहानी स्थित अग्लो पोलवाट फरफराएको झण्डाले भारतियहरुको हेपाहालाइ झापड मात्र लगाएको छैन राष्ट्रियताको विषयलाई लिएर गिज्याउनेहरुलाई समेत लज्जित बनाइदिएको छ ।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरि मण्डलले झण्डा उद्घाटन गर्न उपराष्ट्रपति नै किन ल्याए त रु भन्ने विषयले चर्चा पाइरहेको वेला उद्घाटन पछि मटिहानीको आकाशमा फरफराएको नेपालको झण्डाले उत्तर पनिसगैँ दिइरहेको छ । 'यो झण्डाले कति महत्त्व वोकेको छ भन्ने सबैले बिस्तारै थाहा पाउँछन्,' नगरप्रमुख मण्डलले खुसी हुँदै भने ।
उपराष्ट्रपति यादवले पनि झण्डाको उद्घाटन गर्दै खुसी व्यक्त गरेका छन् । 'नेपालको पहिचान, सम्मान र राष्ट्रियतासगँ जोडिएको राष्ट्रिय झण्डाले मधेसको गौरव बढाएको छ,' उनले भनेका छन् ।
ऐतिहासिक, धार्मिक नगरीकोरुपमा परिचित मटिहानीले आफै पनि देशमा नै पृथक विशेषता बोकेको छ । सताब्दीऔ पुरानो गुरुकुल होस या तस्मैवावा र पिरवावाको ऐतिहासिक तथा धार्मिक सम्बन्ध होस मटिहानीले अलग पहिचान बनाएको छ।
यिनै विषयहरूको प्रचार प्रसारमा जुटेका नगर प्रमुख मण्डलले अघिल्लो कार्यकालमा राष्ट्रपति विध्यादेवी भण्डारी ल्याएका थिए भने यस कार्यकालमा उपराष्ट्रपति यादवलाई ल्याएका छन् ।
देशका सर्वोच्च ब्यक्तित्त्वहरु ल्याएर राष्ट्रियताका सवालमा नगरप्रमुखले मटिहानी बलियो भएको प्रमाण मात्र पेश गरेका छैनन देशकै गौरव वोकेको मटिहानीप्रती संघिय सरकारको बेवास्तालाइ ध्यानाकर्षण समेत गराएका छन । मटिहानीलाइ सहभागी बक्ताहरुले धार्मिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रकोरुपमा विकास गर्न सकिने विचार ब्यक्त गरेतापनी प्रदेश र संघ सरकारको ध्यानाकर्षण हुन नसक्दा अझै ओझेलमा देखिएको छ ।
ञत्यसैले मटिहानीमा बेला(बेलामा आयोजना गरिने यस्ता कार्यक्रम नगरप्रमुख मण्डलको हारगुहार पनि हो,झ स्थानिय रामसेवक मण्डलले भने । उनका अनुसार नेपाल(भारतको समबन्धलाइ बलियो वनाउन देखि सताब्दीऔ पुरानो बिरासतले मटिहानी नेपालको नै राष्ट्रिय सम्पती भएको केन्द्रिय नेताहरु आएर भाषण गरेतापनी व्यवहारिकरुपमा भने कार्यान्वयन हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार