सुनको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १२:४८:४७
१८ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा एक क्विन्टलभन्दा बढी सुन भित्रिएकाे भनिएकाे घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले आज बसेकाे राष्टियसभाको बैठक अवरुद्ध पारेकाे छ ।
बरामद भएको सय किलो सुनको छानविनका लागि उच्च स्तरको स्वतन्त्र समिति गठनको माग राख्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दिउँसाे १ बजे सुरू भएकाे बैठक अवरुद्ध पारेकाे हाे । घटनामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने एमालेकाे माग छ ।
एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर १०० केजी भन्दा बढी तौल सुन भित्र्याइएको घटनामा सरकारकै मिलेमतो रहेको भन्दै छानबिन लागि संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आइरहेको छ ।
एमालेको राष्ट्रियसभा संसदीय दलको नेता देवेन्द्र दाहालले बैठक सुरू भए लगत्तै क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले आजकाे संसद बैठक चल्न नदिने जानकारी दिएका छन् । एमालेका सांसदहरू कुर्सीबाट उठेर बैठक चल्न दिएका छैनन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रप्रसाद तिमिल्सिनाले विषयबारे सरकारको ध्यानाकर्षण गराइसकेको र बसेर बैठक चल्न दिने आग्रह गरेपनि अवरुद्ध नै छ ।
एमालेले यही विषयलाई लिएर प्रतिनिधिसभाको बैठक पनि चल्न दिएको छैन । पटक पटक अवरुद्ध भएको प्रतिनिधिसभाको अर्को बैठक यही साउन २२ गते बोलाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार