'कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १२:५७:३९
१८ साउन, काठमाडौं । टेलिफिल्म ‘कर्कले मामाको चौतारी’ को रोमान्टिक गीत ‘सानु तिमी ब्युटीफुल छौं’ सार्वजनिक भएको छ । दिलीप श्रेष्ठको स्वर रहेको गीतमा अराज केशवको लेखन र सङ्गीत छ ।
गीतको भिडियोमा टेलिफिल्मका का मुख्य कलाकारहरू राज थापा, अविराज विसी, ममता अधिकारी र सरु शर्मा ‘दिया’ फिचर्ड छन । नेत्र गुरुङको सम्पादन र निर्देशन रहेको भिडियोमा रोहन आशिभको कोरियोग्राफी छ ।
टेलिफिल्मका लेखक तथा निर्देशक बासुदेव पोखरेल हुन् । उनले अभिनय पनि गरेका छन् । श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको टेलिफिल्म यही साउन २४ गतेबाट ओएसआरको युटुबबाट सार्वजनिक हुँदैछ। टेलिफिल्म निर्देशक घनश्याम लामिछाने र निर्माता मणिरत्न शर्माले मिलेर निर्माण गरेका हुन् ।
सिरियलमा दुई गाउँ कर्कले गाउँ र चिचिन्डे गाउँ बीचको प्रेम द्धन्द्धलाई प्रस्तुत गरिएको छ । सधैं जमीन तिर मात्रै हेर्ने, साधारण मानिसले झै सीधा हेर्न नसक्ने, आकाशतिर टाउको उठाउनै नसक्ने बानी भएको असाधारण व्यक्तित्व व्यक्ति कर्कले मामाको कथामा टेलिफिल्म निर्माण भएको लेखक र निर्देशक बासुदेव पोखरेलले बताए ।
टेलिफिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी छेत्री, कपिल शर्मा, प्रज्वल भितृकोटी, राज थापा, अबिराज बि सि , ममता अधिकारी, सरु शर्मा “दिया”, दिपेश लामिछाने, श्याम सुन्दर कार्की, कुमार गुरुङ, प्रान्जल, शिव बराल, राजकुमार गुरुङ, नबराज लामिछाने, बाल कलाकार अक्षित अधिकारी, महिमा लामिछाने लगायतका कलाकारको अभिनय छ ।
टेलिफिल्ममा सिद्धार्थ गौतमको छायांकन, क्यामुदिन मियाको सम्पादन र मिक्सिङ्ग, समीर मियाको कलर, जय गुरुङ र आशिष गुरुङको श्रृंगार, सविन गायकको पोष्टर र टाइटल डिजाइन, राजकुमार त्रिखत्रीको पार्श्व संगीत छ ।
टेलिफिल्मको शीर्ष गीतमा किशोर सुबेदीको संगीत र गायन रहेको छ । अर्को गीतमा विकास चौधरीको संगीत र स्वर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान
मंसिर ३०, २०८१ आइतबार
ज्यापू अक्षय कोषमा अहिले १० लाख दिइयो, अझ थपिन्छ : प्रधानमन्त्री
मंसिर ३०, २०८१ आइतबार
कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
पोखरालाई सुदूरपश्चिमले दियो १५४ रनको लक्ष्य
मंसिर ३०, २०८१ आइतबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाए [ फोटो फिचर ]
मंसिर ३०, २०८१ आइतबार