अब मुगुको गमगढी बजार पुग्न २३० सिढी चढ्नु पर्ने
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १३:९:५३
१८ साउन, मुगु । संघीय सरकार मातहतको सघन शहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागि रेलिङ सहित २३० सिढीहरु निर्माण भएका छन ।
छायानाथ रारा नगरपालिका वडा नं १ मेला रुखदेखि बजारसम्म रहेको पुरानो ठाडो उकालो गोरेटो बाटोलाई सुधार गरी मानिसहरूलाई बजार पुग्न सजिलो होस भनेर सघन शहरी विकास कार्यालयले सिढीहरु बनाएको थियो ।
यी सिढी निमार्ण भएपछि गमगढी बजारका दक्षिण तिर रहेका श्रीनगर, भामवाडा, चैन, बालै, घुईर, माथि घुईर, पिना, कोटिल्ला, मन्दु, जुक्यान, घट्लेख, तल्लेख गाँउका स्थानीयहरुलाई गमगढी—बालै—पिना सडकको मुलबाटोबाट बजार जान सजिलो भएको छ । पहिला घुमाउरो बाटो भएर बजार जाँदा मुल सडकबाट १५ देखि २० मिनेटसम्म लाग्ने गथ्र्यो अब सिँढीबाट जाँदा बढीमा ५ मिनेट लाग्ने गरेको स्थानीय लोकराज परिवारले बताए ।
पुरानो गोरेटो त्यो पनि भीरमा हुँदा कयौ पटक मानिसहरु लडेको र मुख्य गरि महिला,बालबालिका र जेष्ठ नागरिकहरु छोटो बाटो भएर बजार जाँदा र घर फर्कदा सोहि बाटो प्रयोग गर्ने भएकाले उनीहरू जोखिम मोलेर हिडने गर्दथे । तर अब सिढी र भीर तिर रेलिङ्ग बनाएकाले धेरै सहज भएको श्रीनगर गाँउका स्थानीय तथा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जर्मकला नेपालीले बताए । उनका अनुसार सघन शहरी विकास कार्यालय जुम्लाको ४७ लाख आर्थिक लगानीमा रेलिङ्ग सहितको सिँढी बाटो निर्माण भएको छ ।
स्थानीयहरुलाई बजारमा जान मात्र नभइ खानेपानीको अभाव भैरहने गमगढी बजारका बासिन्दाहरुलाई खानेपानी ल्याउन,नुहाउन र लुगाधुन नजिकै रहेको हुलुम खोला र चैन खोलालगायत गाँउ बस्तीमा जान पनि सहज भएको स्थानीय दानसिंह परिवारले बताएका छन ।
जिल्ला सदरमुकाम अग्लो डाँडोमा रहेको र वरिपरि बस्ती भरहेकाले बजारमा जान आउन यस्ता खालका संरचना बनाउदा छिटो छरितो र समय मै मानिसहरुका बजार जन्य काम सम्पन्न हुने गर्दछन । छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या मल्लले ठिनी तिरबाट,चैन तिरबाट र सशस्त्र क्याम्प तिरबाट पनि बजार प्रवेशका लागि यस्ता खालका रेलिङ्ग सहितका सिढी बनाउन आवश्यक रहेकोले सघन शहरी विकास कार्यालयसंग माग गरिने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाललाई शान्तिको गन्तव्य मुलुक बनाउनु पर्छ : मन्त्री पाण्डे
असोज ११, २०८१ शुक्रबार
विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस
असोज ११, २०८१ शुक्रबार
आज विश्व पर्यटन दिवस मनाइँदै
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार