सहकारी पीडितको आन्दोलनमा कलाकारहरुको ऐक्यवद्धता
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १३:१६:५४
१८ साउन, काठमाडौं । सहकारी पीडितहरुको आन्दोलनमा कलाकारहरुले ऐक्यवद्धता जनाएका छन् । चलचित्रकर्मी, गायक तथा वरिष्ठ कलाकारहरु माइतीघरमण्डलामा पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।
समस्या परेका आर्थिक संकट टार्ने उद्देश्यले सर्वसाधारणले आफूले मेहनत गरेर सहकारीमा बचत गरेका बचतरकम सहकारी संचालकले हिनामिना गरेपछि बचत रकम फिर्ताको माग गर्दै ६१ दिनदेखि मण्डलामा पीडितहरु धर्ना र आन्दोनलनमा छन् ।
आन्दोलनपछि पनि सरकारले समस्या समाधान गर्ने र दोषीलाई कारवाही गर्न बेवास्ता गरेपछि पीडितहरु आक्रोशित बनेका छन् । आन्दोलनमा विभिन्न क्षेत्र र अभियानकर्मीहरुबाट ऐक्यवद्धता जनाउने क्रम बढ्दै गइरहेको छ ।
कला वरिष्ठ कलाकारहरु मोहन निरौला, भुवन चन्द, बसुन्धरा भुसाल, नबिन सुब्बा लगायतले संस्थागत रुपमा आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । पीडितलाई न्याय दिन र दोषीलाई कानूनको दायरामा तत्काल ल्याउन उनीहरुले सरकारसँग जोडदार माग गरे । आफूहरुको आवाज सुनुवाइ नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
देशभरका दर्जनौं सहकारीबाट ५० अर्ब रुपैयाँभन्दा बढी बचत रकम हिनामिना भएको अनुमान गरिएको छ । देशभरका पीडितहरु अहिले पनि मण्डलामा २४ सै घण्टा धर्नामा बसिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश नितिज राईको इललासमा बयान
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार