अबदेखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी इसेवाबाटै गर्न सकिने
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १४:१६:२६
१८ साउन, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ । यो योजना कुमारी क्यापिटलको म्युचुअल फण्डको वेबसाइटमा इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको हो ।
अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्। साथै इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी–सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस कार्यक्रम अन्तर्गत, वैदेशिक रोजगारमा गएका श्रमिकहरूले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआईपी÷युनिट पर्चेज उपयोगी हुने छ । हाल इसेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।
यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट 'इसेवा जोन तथा पोइन्ट' मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
चालू आवमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने, कति बढ्यो त ?
जेठ १३, २०८१ आइतबार
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा, हिमाली क्षेत्रमा बढी असर
जेठ १३, २०८१ आइतबार
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
जेठ १३, २०८१ आइतबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
निःशुल्क स्वास्थ्य शिविरमा नौ सय जनाको उपचार
जेठ १३, २०८१ आइतबार
सरकार पेलेरै जान खोज्यो भने कांग्रेस सहेर बस्न सक्दैन : नेता सिटौला
जेठ १३, २०८१ आइतबार