संवैधानिक परिषदको बैठक आज, प्रधानन्यायाधीश सिफारिस हुनेमा अझै आशंका
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १४:४०:४४
१८ साउन, काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्नेछ । तर, परिषदमा विवाद रहेकाले आज प्रधानन्यायाधीश सिफारिस हुने कुरा अझै अनिश्चित छ । विवाद नआएको भए मंगलबार नै सिफारिस हुने थियो ।
हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो । वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन् । संविधानको धारा २८४ को उपधारा ३ को व्यवस्थाअनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
उक्त व्यवस्था अनुसार १९ असारमै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बस्न ढिलाइ हुँदा सिफारिस हुन सकेको छैन । गत मंगलबार पनि संवैधानिक परिषद बैठक बसेको थियो । तर नियुक्ति सिफारिस हुन सकेको थिएन । अस्तिको बैठकमा रोलक्रम अनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नै नियुक्तिका लागि सिफारिस हुने भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, वित्त सेवा आयोग र महालेखा परीक्षकको रिक्त पदमध्ये दुईमा एमालेको दावी राख्दै एकैपट सिफारिस हुनुपर्ने प्रस्ताव गरेका थिए ।
यसैले गर्दा मंगलबारको संवैधानिक परिषदको बैठकमा रोलक्रम अनुसार प्रधानन्यायाधीश सिफारिस हुने भएपनि हुन सकेन । ओलीले प्रमुख प्रतिपक्षी दलको हैसियतले पनि महालेखा परीक्षक, निर्वाचन आयोग र वित्त सेवा आयोगमध्ये दुई निकायको सदस्यका लागि एमालेले दिएका नाम सिफारिस हुनुपर्ने माग राखेका थिए ।
आज पनि यही विषयमा ओलीले दवाव दिनेछन् । विपक्षी दल नेताका रुपमा बैठकमा उपस्थित भएका अध्यक्ष ओलीले अचानक नयाँ प्रस्ताव राखेपछि प्रधानन्यायाधीशको नाम सिफारिस गर्न भनेर बसेको बैठकका अन्य सदस्यहरू अचम्ममा परेका थिए । बैठक सुरु भएपछि ओलीले ओलीले ‘आज प्रधानन्यायाधीशको मात्र सिफारिस गरेर हुँदैन, अन्य संवैधानिक आयोगका रिक्त पदमा पनि सिफारिस गरौं, प्रधानन्यायाधीशको कुरा त सक्की नै गयो । यसमा को कस्को भन्ने कुरा आएन, तर, अरूमा प्रमुख प्रतिपक्ष दल भएकाले तीनमध्ये दुईमा एमालेले नाम दिन्छ, उसले दिएका नामको पनि आजै सिफरिस गरौँ’ भनेपछि बैठक अन्यत्रै मोडिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ : सभापति देउवा
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
चीनको १० हजार हेक्टरभन्दा बढी वन रोप्ने लक्ष्य हासिल
पुष १४, २०८१ आइतबार
जिप दुर्घटनामा एकजनाको मृत्यु
पुष १४, २०८१ आइतबार
जापानको औसत तापक्रम उच्च हुने सम्भावना
पुष १४, २०८१ आइतबार