कुवेतमा नेपाली श्रमिकको संख्या ८५ हजार नाघेको प्रस्तावित राजदूत लम्सालको दावी
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १५:२:४३
१८ साउन, काठमाडौं । कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले संघीय संसदको संसदीय सुनुवाइ समितिमा कुवेतमा रहेका नेपालीबारे जानकारी गराएका छन् । उनले कुवेतमा ८५ हजारमाथि नेपालीहरू रहेको अनुमान गर्न सकिने बताएका छन् ।
हाल ५७ जना नेपाली कुवेतका विभिन्न जेलमा कैदी जीवन बिताइरहेको जानकारी उनले दिएका छन् । परराष्ट्र मन्त्रालयका सहसचिव समेत रहेका लम्सालले कुवेतको जेलमा कैदी जीवन बिताइरहेका मध्ये एक पुरुष र एक महिलालाई जन्म कैदको सजाय सुनाइएको बताए ।
संघीय संसदको संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफमा प्रस्तावित राजदूत लम्सालले कुवेतमा नेपाली श्रमिकको संख्या ८५ हजार पुगेको आंकलन रहेको बताए । कुवेतका जेलमा ५७ जना नेपाली अहिले जेलमा रहेका छन् । उनले ३६ जनालाई दूतावासले भेटिसकेको र धेरैजसो ड्रगको मुद्दामा जेलमा परेका उनले बताए । जेलमा रहेका मध्ये १ महिला र १ पुरुष लाइफ सेन्टेन्स अर्थात जन्मकैद पाएको बताए ।
आफू राजदूत बनेर गएपछि कुवेतको जेलमा रहेका नेपालीको कैद घटाउने आफ्नो पहल हुने लम्सालले प्रतिबद्धता जनाए । कुवेतमा महिलालाई कामदारका रुपमा जान प्रतिबन्ध लगाएको छ । तर, अवैध प्रक्रिया र बाटोबाट हजारौं महिला पुगेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार