ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये २ जना रिहा
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १५:२२:५७
१८ साउन, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित सरकारी जग्गा ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकामध्ये २ जनालाई हाजिरजमानीमा रिहा गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई रिहा गरेको हो ।
पोखरेलको स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले हाजिर जमानीमा छाड्न आदेश दिएपछि रिहा गरेको सीआईबी प्रवक्ता दिनेश आचार्यले जानकारी दिएका छन् ।
खेतानलाई भने आफ्नो नाममा ल्याएको निवासको ७ आना जग्गा फिर्ता गर्न सहमति जनाएपछि छाडिएको बताइएको छ । कीर्ते कागजातका आधारमा सरकारी जग्गा आफ्नो नाममा ल्याएकाे र त्यसक्रममा घुसरिसवत लिएकाे आरोपमा व्यापारी, सम्बन्धित क्षेत्रका मालपाेतका तत्कालीन कर्मचारी लगायत थप २० जना हिरासतमा नै छन् ।
उनीहरूविरूद्ध कीर्ते, संगठित अपराध कसुरमा अनुसन्धान भइरहेकाे सीआईबीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार