२६ वर्षको करिअरमा मैले कुनै महिलामाथि दुर्व्यवहार गरेको छैनः प्रस्तावित राजदूत क्षेत्री
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १५:५०:२०
१८ साउन, काठमाडौं । युएईका लागि प्रस्तावित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले कार्य क्षेत्र वा अन्य कुनै पनि ठाउँमा आफूले महिलामाथि दुर्व्यवहार नगरेको बताएका छन् । उनले आफूमाथि महिलामाथि दुर्व्यवहार गरेको र कार्यक्षमताको विषयलाई लिएर आएका उजुरीले परराष्ट्र मन्त्रालयकै बेइज्जत गरेको दावी समेत गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा सुनुवाइको क्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफमा प्रस्तावित राजदूत क्षेत्रीले महिलालाई आफूले सम्मान गर्ने, देवी मान्ने र दुर्व्यवहार गरेको भनेर कहिले पनि गुनासो वा उजुरी मन्त्रालयमा नपरेको बताए । संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा यूएईका लागि प्रस्तावित राजदूत क्षेत्रीलाई मन्त्रालयका कर्मचारीको तर्फबाट दर्ता गरिएको उजुरीका आधारमा सांसदहरूले प्रश्न गरेका थिए ।
सांसद ईश्वरी घर्तीमगरले क्षेत्रीविरुद्ध पाँच वटा गम्भीर प्रकृतिका उजुरी समितिमा परेको बताइन् । उनले राजदूतलाई आवश्यक पर्ने अंग्रेजी भाषामा दक्ष नभएको, पटक पटक महिलामाथि दुर्व्यवहार लगायत उजुरी रहेको भन्दै उनले प्रश्न गरेकी थिइन् । यसको जवाफ दिँदै क्षेत्रीले आफूले कहिल्यै पनि दुर्व्यवहार नगरेको बताए ।
उनले आफूले बीएड र बीएसम्म अध्ययन गरेको, २६ वर्ष परराष्ट्र सेवामा बिताएर बेलायतमा कार्यवाहक राजदूत भई काम गरेको बताउँदै अंग्रेजीमा दक्ष रहेको प्रस्ट पारे । उनले महिलाहरूलाई जहिले पनि सम्मान गर्ने र देवी मान्ने गरेको दोहोर्याए ।
उनले भने,‘कतिपयलाई काम धेरै लगायो भने चित्त बुझ्दैन त्यसैले झुठो आरोप लगाइए । मलाई दुख लागेको छ । महिलाप्रति सम्मान गर्छु, देवी मान्छु । २६ वर्षको करिअरमा मैले यस्तो सुनेको छैन । यो मेरो प्रतिष्ठालाई ड्यामेज र डिफेम, बेइज्जत गर्ने कुरा आयो । यस्ता कुराले म निरूत्साहित हुन्न । यो मेरो मात्र बेइज्जत होइन, परराष्ट्र मन्त्रालयकै बेइज्जत हो ।’
राजदूत भएर यूएई गएपछि नेपालको उत्पादनका लागि बजार खोज्ने क्षेत्रीको भनाइ थियो । यूएईमा रहेका नेपाली श्रमिकको पक्षमा आफूले काम गर्ने उनको प्रतिबद्धता थियो । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको सुनुवाइ गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार