लसुन खेतीमा रमाउँदै मुसिकोटका किसान
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १६:२७:९
१८ साउन, रुकुमपश्चिम । रुकुमपश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका झुपलाल खड्काका लागि लसुन खेती नौलो होइन । तर त्यो परिवारको खपतमा मात्रै सीमित थियो । तर आर्थिक वर्ष २०७५/७६ देखि वडा कार्यालयले लसुनको बिउ उपलब्ध गराउन थालेपछि उनी व्यवसायिक लसुन खेतीमा छन् ।
अहिले उनी वडाभित्र धेरै लसुन बिक्री गर्ने किसानमा सबैभन्दा अगाडि छन् । उनका अनुसार पछिल्लो एक सिजनमा लसुन बिक्रीबाट रु एक लाख ६१ हजार आम्दानी गरे । “पहिले लसुन बिक्रीबाट यति राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन”, उनले भने, “व्यावसायिक लसुन खेती गरेपछि भने राम्रो आम्दानी भइरहेको छ ।”
वडा कार्यालयले लसुनको व्यवसायिक खेतका लागि पहल गरेपछि यतिबेला वडा कार्यालयका अधिकांश लसुन खेतीमा लागेको उनको भनाइ छ । यतिबेला खड्कासँगै वडाको चौरका खिमबहादुर ओली, गलमपाटीकी सकुन्तला बुढालगायतले किसानले लसुन बेचेर राम्रो आम्दानी गरिरहेको छ । व्यवसायी पनि लसुन खरिद गर्न घरमै आउने गरेका छन् ।
“हामीले फलाएको लसुन किन्न व्यापारी गाउँमै आउँछन्, बजारको कुनै पनि समस्या छैन”, सकुन्तला बुढाले भने । व्यापारीलाई किसानसम्म सम्पर्क गरिदिने काम भने वडा कार्यालयले गरेको छ ।
“आर्थिक वर्ष २०७५/७६ देखि किसानलाई व्यावसायिक रुपमा लसुन खेतीका लागि बिउ वितरण गरेका छौँ, त्यसपछि यसमा लाग्नेको सङ्ख्या बढेको छ”, वडा अध्यक्ष धनबहादुर खड्काले भने ।
मुिसकोट नगरपालिका–१० लसुन खेतीको लागि राम्रो ठाउँ मानिन्छ । सुरुमा वडा कार्यालयले किसानका लागि लगानी गर्दै आए पनि पछिल्लो समयमा कृषि विकास कार्यालयले पनि वडामा लसुन उत्पादन बढाउन सहयोग गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि विकास कार्यालयले वडामा लसुन ब्लक र पकेट क्षेत्र घोषणा गरी काम गरिरहेको छ । लसुन उत्पादन बढाउनका चालु आवमा परियोजनाबाट रु १५ लाख बजेट विनियोजन भएको वडा अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार वडाका किसानले गत आवमा साढे तीन सय क्विन्टल लसुन बिक्री गरेका थिए ।
वडाका झ्याङ, झाँडारी, जुगेखोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन सदरमुकाम खलङ्गासहित जिल्ला बाहिर पनि पुग्ने गरेको छ । उनका अनुुसार गत आवमा यहाँका किसानले रु ३५ लाखको लसुन बिक्री गरेका छन् । वडाबाटै प्रतिकिलो रु एक सय १० का दरले लसुन बिक्री गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
दाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार