शिक्षा विधेयक मस्याैदा : एसईईको परीक्षा प्रदेश र कक्षा १२ को बोर्डले लिने प्रस्ताव
नेपालबहस संवाददाता
साउन १८, २०८० बिहिबार १६:४०:२८
१८ साउन, काठमाडौं । सरकारले ल्याएको शिक्षा विधेयकमा एसईईको परीक्षा प्रदेश सरकार र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने व्यवस्था राखिएको छ । दफावार छलफलका लागि संसदमा पेस गर्ने तयारीमा रहेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो व्यवस्था गरिएको हो ।
विधेयकलाई छलफलका लागि संसदमा पेस गर्न स्वीकृत दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार जानकारी दिइन् । मंगलबार बसेकाे मन्त्रिपरिषदकाे नियमित बैठकले स्वीकृति दिएकाे हाे ।
यसअघि उच्च शिक्षा अध्ययनका लागि फलामे ढोकाको रुपमा कक्षा १० मा लिइने एसएलसी परीक्षा मुलुकमा संघीयता लागू भएसँगै खारेज गरी एसईईमा रुपान्तरण गरिएको थियो । संघीयतामा बनेको शिक्षा ऐनले कक्षा ८ सम्मलाई आधारभूत र कक्षा १२ सम्मलाई माध्यमिक तहको रुपमा कायम गरेको छ । कक्षा ८ को परीक्षा स्थानीय तहले संचालन गर्ने गरी प्रस्ताव गरिएको छ । विद्ममान शिक्षा ऐनले कक्षा १२ उत्तिर्ण गरेकाले मात्र विश्ववविद्यालय तहकाे पाठ्यक्रम अध्ययन गर्न पाउने व्यवस्था गरेकाे छ ।
यस्तै विधेयकमा निजी लगानीका विद्यालय शैक्षिक गुठीअन्तर्गत स्थापना र सञ्चालन हुने प्रस्ताव गरिएको छ । अपांगता भएका बालबालिकाका लागि विशेष वा स्रोत कक्षा सहितका विद्यालय, भौगोलिक क्षेत्रमा मौसमी प्रतिकूलतालाई व्यवस्थापन गर्न वा मौसमी श्रम गर्ने अभिभावक वालवालिकाको लागि घुप्ती विद्यालय संचालन गर्ने प्रस्ताव गरिएको छ । माध्यमिक तहमा साधारण शिक्षा, संस्कृत शिक्षा र प्राविधिक शिक्षा गरेर तीन वटा धारमा पढाइ सञ्चालन हुने प्रस्ताव छ ।
स्थानीय तहले स्थानीय कानूनअनुसार विद्यालय आवश्यकताको पहिचान र विद्यालय सञ्चालनको अनुमति दिन सक्ने प्रस्ताव गरिएको छ । सरकारी विद्यालयले विद्यार्थीसँग कुनै किसिमका शुल्क लिन नपाइने प्रस्ताव छ । निजी लगानीका विद्यालयको स्थापना र कक्षा थपको स्वीकृति लिनका लागि तोकिएको बमोजिमको धरौटी दिनुपर्ने र राष्ट्रिय मापदण्डको अधीनमा रहेर स्थानीय तहले तोकेको शीर्षक र सीमाभित्र रहेर शुल्क लिनुपर्ने उल्लेख छ ।
कुनै विदेशीले नेपालमा अध्ययन गर्दा अनिवार्य नेपाली विषयको सट्टा उसले चाहेमा पाठ्यक्रममा निर्धारित भाषामध्ये कुनै एक भाषागत विषय अध्ययन गर्न सक्ने प्रस्ताव गरिएको छ ।
प्रधानाध्यापक छनौटसम्बन्धी पनि नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । छनौटका लागि जिल्ला शिक्षा कार्यालयको प्रमुखको अध्यक्षतामा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहने ३ सदस्यीय छनौट समितिको रहने प्रस्ताव गरिएको छ । विद्यालयमा बढीमा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति रहने प्रस्ताव विधेयकमा छ ।
साथै, विधेयकमा एक स्थानीय तहका शिक्षकलाई जुनसुकै स्थानीय तहमा सरुवा गर्नेगरी प्रस्ताव गरिएको छ । विद्यालयले नै विद्यालयका कर्मचारी राख्ने र हटाउने, सुविधा ताेक्ने प्रस्ताव छ ।
शिक्षा ऐनको माग गर्दै शिक्षक, विद्यालय कर्मचारीहरुले आन्दोलन गर्दै आइरहेका बेला शिक्षा मन्त्रालयले विधेयक मस्यौदा टुंगोमा पुर्याएर छलफलमा लैजाने भएको हो । शिक्षकहरुले सरुवा र कर्मचारीहरुले सुविधा वृद्धिको माग गरेका छन् ।
सरकार संचालनमा हाल शिक्षा मन्त्रालयको जसपाको भागमा परेको छ । जसपाका अशोककुमार राई शिक्षा मन्त्री छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार